Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ९, २०८०
In कृषि /पशुपन्छी
0

जनकपुरधाम : अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्ने मध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवार मध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो ।

नेपालको कूल जनसङ्ख्या मध्ये ६१ लख १४ हजार छ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्ने यस प्रदेशमा सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३ दशमलव ८ प्रतिशत परिवार कृषक रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रदेशका आठ जिल्लामा छरिएर रहेका ती कृषक परिवारले चार लाख ९२ हजार चार सय ९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषि गणना २०७८ मा उल्लेख गरिएको छ । तथ्याङ्कले अधिकांश कृषक परिवारले जीवन निर्वाहका लागि मात्रै कृषि कर्म गर्ने गरेको देखाएको छ ।

जस अनुसार कृषि उत्पादनको हिस्सा मध्ये १ दशमलव ८ प्रतिशत मात्रै बिक्री गर्ने गरिएको र त्यसबाहेक ६२ दशमलव २ प्रतिशत सबै घरायसी, ३० प्रतिशत मुख्य घरायसी र केही बिक्री तथा ५ दशमलव ६ प्रतिशत मुख्य बिक्री र केही घरायसी प्रयोग गर्ने गरिएको छ ।

मधेस प्रदेशमा अहिले पनि आम्दानीको मुख्यस्रोत कृषि कार्य हो भनी बताउने कृषकको प्रतिशत ६४ दशमलव ३ छ । कृषक परिवारअन्तर्गत मधेसमा जम्मा कित्ता सङ्ख्या २१ लाख ७४ हजार सात सय ९८ र प्रतिकृषक परिवार कित्ता सङ्ख्या २.९ देखाएको छ ।

यहाँ सबै भन्दा बढी तीन लाख ८४ हजार पाँच सय ५३ हेक्टरमा धानबाली र दुई लाख ४७ हजार छ सय नौ हेक्टरमा गहुँ र ३३ हजार सात सय १९ हेक्टरमा मकै रहेको छ । यहाँ एकबाली सकिना साथ अर्को बाली लगाउने अर्थात् बाली सघनता १ दशमलव ८७, स्थायी बालीका रुपमा रहेका आँप, केरा र कागती क्रमशः १५ हजार चार सय ३३ हे, एक हजार एक सय ८३ र एक सय ३७ हेक्टर छ ।

कृषि गणनाको विवरण अनुसार कृषि कार्यका लागि उपकरण प्रयोग गर्ने किसानको सङ्ख्यामध्ये ट्र्याक्टर ६४ दशमलव सात, फलामे हलो २० दशमलव आठ र पावर ट्रिलर चार दशमलव सात प्रतिशत छ । त्यस्तै, प्रदेशमा १६ दशमलव दुई प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका, एक दशमलव दुई प्रतिशतले मात्रै कृषि बीमा गरेका र तीन दशमलव सात प्रतिशतले सरकारी अनुदान पाएका छन् ।

यहाँ मुख्य कृषकमा ८५ दशमलव आठ प्रतिशत पुरुष र १४ दशमलव दुई प्रतिशत महिला रहेको छन् भने कृषक परिवार मध्ये ३० दशमलव एक प्रतिशतले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने गरेका छन् । त्यस्तै, मधेसमा गाईगोरुको सङ्ख्या करिब तीन लाख ८० हजार, राँगा भैँसीको सङ्ख्या करिब पाँच लाख २९ हजार, बाख्रा, खसी, बोका, च्याङ्ग्राको सङ्ख्या करिब १४ लाख ४८ हजार तथा कुखुराको सङ्ख्या करिब २४ लाख ६१ हजार रहेको पनि तथ्याङ्कले देखाएको छ ।

के भन्छन् सरोकारवाला ?

कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने नारासहित गरिएको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाले अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशकै अवस्था चिन्ताजनक देखाएको छ । प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपानेले सिँचाइ पूर्वाधार, समयमा मल नपाइनु, अनुदानको न्यायोजित वितरण नहुनुलगायत कारणले वास्तविक कृषकलाई जीवननिर्वाह गर्न समेत समस्या भइरहेको बताउनु भयो ।

मन्त्री न्यौपानेले मधेसमा सिँचाइको पर्याप्त सम्भावना भए पनि कृषिक्षेत्र र मधेस सधैँ उपेक्षामा परेका कारण यहाँका कृषकले लाभ लिन नसकेको बताउनु भयो । त्यसलाई मध्यनजर गरी प्रदेश सरकारले कृषिसम्बन्धी ऐन निर्माण गरी कृषि क्षेत्रको व्यवसायीकरण र नागरिकको आकर्षण बढाउने गरी काम गर्ने योजना बनाएको उहाँको भनाइ थियो ।

तथ्याङ्कमा मधेस प्रदेशमा कूल सिञ्चित क्षेत्र ७४ प्रतिशत र सिँचाइ सुविधा लिएका परिवारको सङ्ख्या ८३ प्रतिशत रहेको भनिए पनि अहिले आकाशेपानी र ट्युबवेल, पम्पसेटको सहारामा परम्परागत शैलीको कृषिकर्म गर्नुपर्ने बाध्यता छ । प्रदेशसभा सदस्य रामअशिष यादवले समयमा र पर्याप्त पानी नपरेका कारण यही वर्ष मधेशका किसानले भोगेका समस्याबारे कोही अनभिज्ञ नरहेको भन्दै युगान्तकारी परिवर्तन गर्ने सिँचाइ पूर्वाधार नबनाए मधेस मरुभूमि बन्ने खतरा रहेको बताउनुभयो ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले कृषिप्रधान मुलुक भने पनि त्यसबाट लाभ लिने गरी नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्था तथा रणनीतिक उपयोग गर्न नसक्दा समस्या भइरहेको बताउनुभयो । मण्डलले कृषिबाट लाभ लिनका लागि अन्य देशले कृत्रिम नदी निर्माण गरिरहेका सन्दर्भ उल्लेख गर्दै नेपालले पनि अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा चुरेको फेदमा कोसी देखि नारायणी सम्म कृत्रिम नदी निर्माण गर्न समयमै सोच्नुपर्ने सुझाव दिनुभयो ।

मधेस प्रदेशसभा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास (पहाडी) ले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका माध्यमबाट किसानलाई आकर्षण गर्नुपर्नेमा जोड दिनु भयो । “कृषिमा आधारित उद्योगको प्रवद्र्धन, कृषकलाई प्रोत्साहन र सिँचाइलगायत पूर्वाधारको विकास गर्ने ठोस नीति नलिएमा आगामी केही वर्षमा अधिकांश जमिन बाँझो र खण्डहर हुने अवस्था आउन सक्छ । त्यसैले सबै तहका सरकार यसमा गम्भीर बन्न जरुरी छ”, उहाँले भन्नुभयो । (रासस)

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

कृषि मन्त्रालय लाई बजेट अपुग, ५० अर्ब मध्ये ५६ प्रतिशत मलमै खर्च

भदौ २८, २०८१
कृषि /पशुपन्छी

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

मंसिर ९, २०८०
कृषि /पशुपन्छी

लम्पी स्किनबाट अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु

भदौ ७, २०८०
कृषि /पशुपन्छी

पुर्व ‘जनमुक्ती सेना’को बेमौसमी बन्दा खेती

असार २८, २०८०
कृषि /पशुपन्छी

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

असार २६, २०८०
कृषि /पशुपन्छी

मंगलाका किसान व्यावसायिक खेती तर्फ

असार २३, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend