Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

तेश्रोलिंगी यौन श्रमिकहरुले भोग्दै आइरहेका समस्या बारे चर्चा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २६, २०८१
In विविध
0

काठमाडौं : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तेश्रोलिंगी यौन श्रमिकहरुले भोग्दै आइरहेको चुनौतीका विषयमा काठमाडौंमा चर्चा गरिएको छ ।सरोकारवालाहरुले यौनकर्मी अधिकारका विषयमा कानुनी समस्या रहेको औंल्याए ।

स्थानीय पहलका लागि मितिनी नेपाल कोष मार्फत मितिनी नेपालको सहयोगमा ‘मायाको संसार’ ले आयोजना गरेको कार्यक्रममा यौन श्रमिकहरुका विषयमा खुलेल बहस गर्नु पर्ने अवस्था आएको वक्ताहरुले धारणा राखे ।

‘यौन श्रमिकका बारेमा कानुनले स्पष्ट ब्याख्या गरेको छैन । नेपालमा यौन व्यवसायबारे कानुनी मौनता तथा सर्वोच्चको आदेश समेत हेर्दा यौन व्यवसाय कानुनी रुपमा पेशा भनेर नै बुझिन्छ । कानूनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय बैधानिक रहेको भन्ने देखिन्छ,’ समुदाय माथि वकालत गर्दै आएका अधिवक्ता सुजन पन्तले भने ।

मुलुकी ऐन २०२० मा जीउमाँस्ने बेच्नेको महल अन्तर्गत जबर्जस्ती यौन व्यवसायमा लगाउन र बेचबिखन गर्न रोक लागेको तथा २०४३ को मानव बेचबिखन ऐनले पनि वेश्यावृत्तिबारे उल्लेख नगरेको र महिलालाई वेश्यावृत्ति गर्ने उद्देश्यले बेचबिखन गरेमा भन्ने सोहि आशयको व्यवस्था समेत हेर्दा स्वतःस्फुर्त यौनव्यवसायमा लाग्ने कार्य कानुनत अपराध नभएको बुझ्न सकिने उनको धारणा छ ।

सुदिप कुमार थिङले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तेश्रोलिंगी यौन श्रमिकहरुले प्रशासनको ज्यादती भोग्दै आइरहेकाले कानूनी रुपमा स्पष्ट हुनुपर्ने बताए ।मायाको संसारकी अध्यक्ष सुनिता लामाले यौनकर्मीहरुको अधिकार स्थापित गर्न, व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न, यौनकर्मीहरुले पेसा बदल्नुपरे राज्यले रोजगारी ग्यारेन्टी गर्नुपर्नेमा जोड दिइन ।

लामाको वास्तविक जीवन भोगाई समेटिएको वृत्तचित्र ‘नदेखिएको नेपाल’ प्रशारण गरिएको थियो ।कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका निर्देशक रामहरि गैरे, मितिनी नेपालकी कार्यक्रम अधिकृत बिमला गुरुङ, दृष्टि नेपालकी परिना लिम्बु लगायतले समुदायका मुद्दाहरुका विषयमा धारणा राखे ।

कार्यक्रममा महिला यौन श्रमिक तथा तेश्रोलिंगी यौन श्रमिकहरुको विषय, मन्त्रालयले गरेका नीतिगत प्रयासहरु, विद्यमान कानुनी बाधा, समुदायको राजनीतिक सहभागिताको विषय छलफल भएको थियो । अध्यक्ष लामाले जुन महिनालाई ‘प्राइड मन्थ’ रुपमा मनाइरहेकाले सबैमा शुभकामना व्यक्त गरिन ।

सहभागीहरुले यौन पेशालाई कानुनी मान्यता दिँदा महिला अधिकार संरक्षण हुने, दुर्ब्यबहार रोकिने, कर लिन पाउने, पेशाको मार्यादा रहने, पर्यटन विकास तथा यौनजन्य अपराध रोकिने, बेचबिखन जोखिमपूर्ण व्यवहार रोकिने, यौनजन्य अपराध न्यून हुने एवं एचआईभी एड्स जस्ता यौनजन्य रोग संक्रमण रोकिने, नियन्त्रण गर्न सकिने भएकाले उचित सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend