काठमाडौं : सरकारले भारतको राजदूतमा पूर्व-मुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागबन्डाका आधारमा आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री पदम गिरीले जानकारी दिए ।
उनले भने, आठ वटा देश लाई राजदुत नियुक्तिका लागि सिफारिस गर्ने पनि निर्णय भएको छ । जस अनुसार अमेरिकाका लागि चन्द्र कुमार घिमिरे, भारतका लागि पूर्व-मुख्य सचिव लोकदर्शन रेग्मी ,सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, नेत्र प्रसाद तिमल्सेना मलेसिया,डा. विजन पन्त बेलायत, पुष्पराज राज कर्णिकार स्पेन, र अबु सुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्