काठमाडौं : सरकारले मुख्य सचिव बाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।अन्त:शुल्क स्टिकर खरिद प्रकृयामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो ।
मंत्री परिषद्को सोमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी उनलाई सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शर्माले भनिन्, ‘मुख्य सचिव विरुद्ध मुद्दा दर्ता भए सँगै उहाँ स्वत निलम्बनमा पर्नु भएको छ । हाल लाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवसरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निणर्य भएको छ ।’
शर्माले अर्यालको अवधिभर उक्त विशेष पद रहने समेत बताएकि छन् ।अर्याल विरुद्ध आइतबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।यस्तै, बैठकले प्रधानमन्त्री तथा मंत्री परिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ । अर्को मुख्य सचिव नियुक्त नहुँदा सम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।
यस्तै, आजको बैठकले आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी १६ अर्ब ९९ करोड, २२ लाख रुपैयाँ वित्तीय समानिकरण अनुदान रकम हस्तान्तरण गर्ने निणर्य पनि गरेको शर्माले जानकारी दिइन ।



















आफ्नो प्रतिकृया दिनुहोस्