३१ श्रावण,काठमाडौं : सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्य-जन्तु घोषणा गर्ने तयारी थालेको छ ।संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने विषयमा छलफल समेत भइसकेको छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाका अनुसार समितिमा छलफल चलिरहेको छ तर घोषणा भइसकेको छैन् । ‘समितिमा छलफल चलेको हो तर सरकारले घोषणा गरिसकेको छैन् । बँदेललाई गत बर्ष नै घोषणा गरि सकेको हो । बाँदरलाई पनि घोषणा गरिए राजपत्रमा आइहाल्छ नि,’उनले भने ।
कृषि हानिकारक वन्यजन्तु घोषणा गरे पछि किसानले खेतबारी बाट बाँदरलाई धपाउन, लखेट्न, पक्रिन र मार्न पनि सक्ने बताइएको छ । हालको अवस्थामा कुनै पनि वन्यजन्तु लाई लखेट्न, धपाउन, पक्रिन र मार्न कानुन विपरीत मानिन्छ ।
सरकारले यस अघि बँदेल लाई कृषि हानिकारक वन्य-जन्तु घोषणा गरेको थियो । यस अघि बाँदर नियन्त्रणका विषयमा तालिम लिन भारत गएका वन र भेटेनरीका प्राविधिकको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको छ ।
बाघ, हात्ती, गैँडा, नीलगाई, चितुवा र बाँदरसहित विभिन्न १६ वटा प्रजातिका वन्यजन्तुले मानवीय तथा भौतिक क्षति पुर्याउने गरेकोले तत्कालै बाँदरको समस्या व्यवस्थापन गर्न सुझाव दिइएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्