१७ असोज,काठमाडौं: नेपाल–भारत मैत्री संघले बाढी–पहिरो पीडितका लागि राहत हस्तान्तरण गरेको छ ।बिहीबार संघले नेपाल चिकित्सक संघ मार्फत पीडित लाई संघको केन्द्रीय कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर राहत हस्तान्तरण गरेको हो ।
राहत हस्तान्तरण पछि नेपाल–भारत मैत्री संघका केन्द्रीय महासचिव बोहोत कृष्ण सुवेदीले देश अहिले विपत्तिका कारण क्षत विक्षत भइ चपेटामा परेको अवस्थामा आफूहरुले चिकित्सक संघ मार्फत एउटा सानो सहयोग पीडित सम्म पुर्याउन लाई पहल गरेको जानकारी दिए ।
उनले भने,‘देशमा अहिले बाढी पहिरोबाट क्षत-विक्षत भएको छ । देश चपेटामा परेको छ । यस्तो अवस्थामा हामीले नेपाल चिमित्सक संघ मार्फत एउटा सानो सहयोग पीडित जनता सम्म पुर्याउन लाई एउटा पहल गरेका छौं ।’
त्यस्तै चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले नेपाल–भारत मैत्री संघले हस्तान्तरण गरेको राहत स्वास्थ्य सेवा सँगै जोडेर पीडित लाई उपलब्ध गराउने जानकारी गराए ।
उनले भने,‘अहिले पीडित लाई सहयोग गर्ने उद्देश्यले जुन राहत हस्तान्तरण गर्नु भएको छ । स्वास्थ्य सेवा सँग-सँगै जोडेर वितरण गर्ने छौं । आगामी दिनमा पनि नेपाल–भारत मैत्री संघको सहकार्य निरन्तर रहने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’




















आफ्नो प्रतिकृया दिनुहोस्