२९ असोज,जनकपुरधाम: पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति बीच विवाद चर्किएको छ । विवाद बारे कोषले पशुपति धर्मशालामा समिति लाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको दाबी गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै समिति लाई मोहियानी हक पाउने कुनै आधार र प्रमाण नभएको कोषले स्पष्ट पारेको छ। मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका लागि दावी गरे पछि कोष काे यस बारेमा आम जन-समुदायमा यथार्थ जानकारी गराउने उद्देश्य रहेकाे हो ।
नौं रोपनी भन्दा बढी जग्गामा सेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषले आरोप लगाएको छ । पत्रकार सम्मेलनमा कोषका पदाधिकारीहरुले पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्ति-केन्द्रमा धाएर मोही कायम हुन नसक्ने दावी समेत गरेका छन् ।
काठमाडौं जिल्ला अदालतले केही दिन अघि मात्रै कोष र समिति बीचको गौशाला धर्मशाला संचालन सम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो ।पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०८० साल साउन १७ गते मारवाडी सेवा समिति सँग भएको सम्झौता खारेज गर्ने निर्णय गरे पछि समितिले दायर गरेको रिटमा अदालतले दावी नपुग्ने फैसला गरेको थियो ।
तर, उनीहरूले धर्मशाला खाली गर्न मानेका छैनन् ।मारवाडी सँग भएको सम्झौता रद्ध भएपछि महानगर र पशुपति क्षेत्र विकास कोष बीच गौशाला धर्मशाला संचालन गर्ने बारे सम्झौता भएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्