११ कार्तिक,काठमाडौं: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले आज(आइतबार)दे सुरु गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली देखि सरकारका मन्त्रीहरुले सहभागिता जनाएका छन् ।
‘रूपान्तरण र एकता: श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारा सहित सुरु भएको एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभामा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे, उप-सभामुख इन्दिरा राना लगायत सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता छ ।
होटल सोल्टीमा सुरु भएको कार्यक्रममा गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल हुँदै छ । तीन चिरामा विभाजित भएको एनआरएनएका सबै समूहका कार्यक्रममा सरकारी अधिकारीहरुको उपस्थिति देखिने गरेको छ ।
सम्मेलनमा पूर्व अध्यक्षहरु शेष घले, कुल आचार्य,सम्मेलनमा गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मान जनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने जनाइएको छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति लाई लिएर आरके शर्मा पक्षले विरोध जनाएको छ । शर्मा पक्षका उपाध्यक्ष एवम उपाध्यक्ष गंगाधर गौतमले साधारण सभा बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन् ।
गौतमले एनआरएनएको केन्द्रीय कार्यालय कब्जा गरी संघको कोष दुरुपयोग गरेको भन्दै कार्यक्रम लाई बहिष्कार गर्न अपिल गरेका हुन् ।सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै समूहले काठमाडौँमा अनधिकृत साधारण सभा आयोजना गर्न लागेको दाबी गर्दै उनले यस कार्यक्रम प्रति असहमति व्यक्त गरेका हुन् ।
गौतमका अनुसार, एनआरएनएको १० औँ महाधिवेशन पछि उत्पन्न असहज परिस्थिती लाई एकीकृत गर्न ११ औँ महाधिवेशन गर्ने दायित्व संघमा थियो, जसका लागि मिहिन अध्ययन पछि एकीकृत र निष्पक्ष निर्वाचनको पक्षमा उभिएको बताइएको छ। तर तत्कालीन समयमा सहमति कार्यान्वयन नगरेर बद्री केसी समूहले अनलाइन भोटिङ प्रणालीमा कब्जा गर्दै संघ लाई तीन खेमामा विभाजन गरेको उनले आरोप लगाए ।
गौतमले पाँच वर्ष देखि विवाद ग्रस्त रहेको एनआरएनएको एकता कायम गर्ने अवसर लाई नेपालको प्रमुख राजनीतिक दलहरूले समर्थन गर्नु पर्ने आवश्यकता रहेको समेत जोड दिएका छन् ।
कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा छलफल हुने छ ।
दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायत सत्रहरू रहनेछन् ।
आफ्नो प्रतिकृया दिनुहोस्