Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा विवाह पंचमीको साताव्यापी महोत्सव शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १६, २०८१
In पर्व
0

१६ मंसिर,जनकपुरधाम: जनकपुरधाममा परम्परा अनुसार विवाह पंचमीको साताव्यापी महोत्सव शुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्व लाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहित भएका छन् ।

प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या राम जन्मभूमि बाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिएको जनकपुरधाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णले जानकारी दिए ।उनले भगवान राम र माता सीताको पौराणिक विवाह उत्सव लाई जीवन्त बनाउन जनकपुरधाम अहिले चहल-पहल र उत्साहले भरिएको बताए ।

उनले पंचवर्षीय विवाह महा-महोत्सवको तयारी लाई व्यवस्थित बनाउन सम्पूर्ण मिथिला वासी लागि परेको बताए । जस अन्तर्गत जनकपुरधामका मारवारी सेवा समिति, कलवार कुट्टी, सुडी कुट्टी, रौनियार सेवा समितिले आवासको व्यवस्था गरेको छ भने सो स्थानमा भोजनको व्यवस्था जानकी मन्दिरको तर्फ बाट आयोजना हुने महन्तका उत्तराधिकारी रामरोशन दासले बताएका छन ।

उनले भने, ‘यो मिथिलाको धार्मिक, संस्कृति उत्सव सँग जोडिएको पर्व हो, जसको तयारीमा प्रत्येक वर्ष मिथिलाका प्रत्येक नागरिक खुला मनले लाग्ने गर्छन् र अयोध्या बाट आएका पाहुनाका लागि खाना तथा वासको व्यवस्था पनि पूर्ण रुपमा हाम्रो जिम्मेवारी हो ।’

महन्तका उत्तराधिकारी दासका अनुसार विवाह पंचमीको अवसरमा जनकपुरधाम वासी मात्र नभएर स्थानीय सरकार तथा यहाँका युवा क्लबहरू पनि तयारीमा जुटेका छन् । यहाँका चौक चौराहा मठ मन्दिरहरू पनि सजाउन थालिएका छन् । त्यस्तै जनकपुरधाम उप-महानगरपालिका पनि विवाह पंचमी महोत्सव २०८१ को तयारीमा तीव्र रुपमा लागेको छ ।

त्रेता युगमा भगवान् राम र माता सीताको विवाहलाई स्मरण गर्दै मनाइने विवाह पंचमी महामहोत्सव लाई सफल बनाउन जनकपुरधाम उप-महानगरपालिकाले विशेष तयारी गरिरहेको छ । जनकपुरधाममा नेपाल र भारत लगायत विभिन्न देश बाट लाखौं तीर्थ यात्री र पर्यटकको आगमन हुने भएकाले उप-महानगर पालिकाले व्यवस्थापनका लागि विभिन्न उपायहरू अपनाएको छ ।

जस अन्तर्गत रंगभूमि मैदानका हुने धनुष यज्ञका लागि पाँच सय दर्शनार्थीहरुका लागि मंच व्यवस्थापनको कार्य भइ रहेको छ भने जनकपुरधाम आउने श्रद्धालु भक्तजनहरुको विश्रमाका लागि धनुष यज्ञ मंच भन्दा दक्षिण तर्फ पाँच हजार श्रद्धालु अटाउने क्षमताको विश्राम स्थल निर्माण गरिँदै छ ।

त्यस्तै तिरहुतिया गाछीमा पनि विश्रामका लागि पण्डाल लगाउने तयारी भइ रहेको जनकपुरधाम महानगरपालिका का प्रमुख मनोज कुमार साहले जानकारी दिए ।उनले अयोध्या बाट आएका पाँच सय जना जन्तीका लागि कलवार कुट्टीमा व्यवस्था गरिने बताएका छन ।

यातायात व्यवस्थापनका लागि जनकपुरधाम प्रवेश गर्ने मुख्य चार वटा नाकामा ठुला सवारी साधन व्यवस्थित गरिने छ, जहाँ जटही नाका बाट आउने सवारी साधन लाई हनुमान नगर, मुजेलिया भएर आउेन सवारी लाई कबर्ड हल, पुलचोक बाट आउने लाई बावन विघा र कपिलेश्वर भएर आउने लाई सवारी लाई कपिलेश्वरको अस्थायी बस पार्क राख्ने व्यवस्था मिलाइएको नगर प्रमुख साहले बताए ।

यसै गरी, उप-महानगरपालिकाले विवाह पंचमी लक्षित विभिन्न स्थानमा एक सय भन्दा बढी अस्थायी शौचालयको व्यवस्था गरिएको छ भने उप-महानगर, जानकी मन्दिर तथा युवा क्वल र सुरक्षा निकायको समन्वय र सहकार्यमा विवाह पंचमी लाई व्यवस्थित बनाउने तयारीमा जुटेको बताए ।

जनकपुरधाम उप-महानगरपालिकाले एक सय एनसीसी क्याडर र पाँच सय स्वयम सेवक परिचालन गर्ने छ भने नगर प्रमुख साहले श्रद्धालुहरुका लागि सुत्ने व्यवस्था मिलाउन प्रदेश सरकार सँग पनि आग्रह गरेको बताए ।

उनले भने, ‘विवाह पञ्चमी लक्षित जनकपुरधामका मुख्य सडक, गल्ली र मठमन्दिर क्षेत्र लाई सफा र व्यवस्थित बनाउन व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको छ । जहाँ जानकी मन्दिर र वरपरका सार्वजनिक स्थानमा फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्ने व्यवस्था समेत गरिएको छ ।’

त्यसै गरि, मंसिर १६ गते (आइतबार) नगर दर्शन, १७ गते पुष्प वाटिका फुलवारी लिला १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यहि दिन हुन्छ । १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजना पछि साताव्यापी विवाह पंचमी महोत्सव सम्पन्न हुने छ ।आयोध्य बाट आएका अतिथिहरु लाई २३ गते स–सम्मान बिदा गरे पछि उनीहरु आयोध्या फर्किने छन् ।

  • 28shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पर्व

भगवान श्री राम र सीता विवाहको स्मरणमा आज जनकपुरधाममा विवाहपञ्चमी मनाइदैं

मंसिर २१, २०८१
पर्व

आज हरिबोधिनी एकादशीपर्व : तुलसी संग भगवान विष्णुको विवाह गरी मनाइँदै

कार्तिक २७, २०८१
पर्व

काठमाडौंमा यसरी गरियो छठ समापन

कार्तिक २३, २०८१
पर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिए सँगै सकियो छठ

कार्तिक २३, २०८१
पर्व

छठ पर्व को अवसरमा मन्त्री पाण्डे जनकपुर धाममा

कार्तिक २२, २०८१
पर्व

आज छठको मुख्य दिन, जनकपुरमा उल्लासपूर्वक मनाइँदै

कार्तिक २२, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend