Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १०, २०८१
In प्रदेश
0

११ चैत्र जनकपुरधाम: मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पताल अनुगमन पछि जनताको अर्को चासोको विषय रहेको जनकपुरधामका विभिन्न होटलहरूको अनुगमन सुरु गर्नु भएको छ।

होटलहरूमा सफा, स्वच्छ तथा स्वस्थ खानाको अभाव रहेको गुनासो बढे पछि उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै होटल अनुगमन थालिएको सी. एम.सिंहले बताउँदै सम्बद्ध सरकारी निकायले अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोली सँगै मुख्यमन्त्री सिंहले जनकपुरधाम स्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको निरीक्षण गर्नु भएको छ।

अनुगमनका क्रममा टोलीले विभिन्न होटल र मिठाइ पसलहरूबाट स्वास्थ्यका लागि जोखिमपूर्ण सामग्रीहरू बरामद गरी नष्ट गरेको छ। हंसराज स्विटबाट ११ प्याकेट म्याद गुज्रिएको मःम, न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी, कीरा लागेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी, र लक्ष्मी मिष्ठान्न भण्डारबाट कीरा परेको १० किलो मैदा बरामद गरी नष्ट गरिएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले जानकारी दिनुभयो।

अनुगमनको नतिजा अनुसार जनकपुरधाममा निरीक्षण गरिएका १० होटल मध्ये रघुपति मिष्ठान्न भण्डार मात्र सफा र मापदण्ड अनुरूप रहेको पाइएको छ।

  • 65shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२
प्रदेश

मधेश प्रदेश प्रमुख भण्डारी समझ लेखापरीक्षण प्रतिवेदन पेस

जेष्ठ २, २०८२
प्रदेश

अस्पतालपछि अब विद्यालयमा ध्यान, मुख्यमन्त्री सिंहले थाले शैक्षिक अनुगमन

बैशाख ३०, २०८२
प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

एसईई परीक्षाबाट मधेश प्रदेश सरकार अलग

चैत्र ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend