Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मन्दिरको जग्गामा मधेश प्रदेश सांसदको घर निर्माण : स्थानीयको विरोध

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २०, २०८१
In विविध
0

२० चैत्र,धनुषा: जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४, प्रगतिनगरमा मन्दिरको सार्वजनिक जग्गामा मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले अवैध रूपमा घर निर्माण गरिरहेको खुलासा भएको छ। स्थानीयवासीको कडा विरोधका बावजुद सांसद यादवका छोरा डा. अमित यादवले दिनरात कामदार परिचालन गरी तीव्र रूपमा घर निर्माण जारी राखेका छन्।

स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिँदै जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियालाई सामूहिक ध्यानाकर्षण पत्र बुझाएका छन्। तर, अवैध निर्माण रोक्न कुनै कदम नचालिएको उनीहरूको गुनासो छ।

विवादको पृष्ठभूमि : जनकपुरधाम वडा नम्बर ८, बिहार कुण्डस्थित विजय राघव कुञ्जका पूजारी रामसागर दासले २०६८ सालमा मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा सांसद यादवलाई बेचेका थिए। उक्त जग्गा ६ कट्ठा ५ धुर ३ कनमा फैलिएको छ, जसको सिट नम्बर १६९–१२७५–२४ रहेको छ। पूजारी दासले वार्षिक ४० किलो धान बुझाउने शर्तमा २२ लाख रुपैयाँमा जग्गा बिक्री गरेको स्वीकार गरेका छन्।

तर, स्थानीयबासीले यो जग्गा सार्वजनिक सम्पत्ति भएको र व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नदिने अडान राखेका छन्। उनीहरूले सांसद यादवले राजनीतिक शक्तिको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको कब्जा गरेको आरोप लगाएका छन्।

स्थानीयको कदम : स्थानीय युवा उदय कुमार यादवको नेतृत्वमा सोभित साह, विन्देश्वर यादव, महेन्द्र यादव, जागेश्वर यादव, राम सरोज यादव, ललिता यादव लगायतका दर्जनौं स्थानीयले सार्वजनिक सम्पत्तिको संरक्षणको माग राख्दै प्रशासनसँग तुरुन्त कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिसकेका छन्।

सांसद यादवको पक्ष : सांसद यादव पक्षले भने जग्गा वैधानिक रूपमा किनिएको दाबी गरेको छ। पूजारी रामसागर दासले पनि मन्दिरको नाममा रहेको उक्त जग्गा सांसद यादवलाई बेचेको पुष्टि गरेका छन्। सांसद यादवले स्थानीयले अनावश्यक रूपमा विवाद सिर्जना गरिरहेको आरोप लगाएका छन्।

तर, स्थानीयको दाबी छ कि सार्वजनिक सम्पत्ति मन्दिरकै नाममा हुनुपर्ने र यसको खरिद-बिक्री अवैध रहेको छ। उनीहरूले सांसद यादवले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरी निजी स्वार्थ पूर्ति गर्न खोजेको आरोप लगाएका छन्।

स्थानीय बासिन्दाको निरन्तर विरोधका बाबजुद सांसद यादवका छोरा डा. अमित यादवले निर्माण कार्यलाई तीव्र बनाएका छन्। २४ घण्टा कामदार परिचालन गरी घर निर्माण कार्य जारी राखिएको छ।

अदालतमा जाने तयारी : स्थानीय बासिन्दाले सांसद यादवको अवैध निर्माण रोक्न उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन्। उनीहरूले सार्वजनिक सम्पत्तिको रक्षा गर्न कानुनी प्रक्रिया अगाडि बढाउने अडान लिएका छन्।

 

  • 160shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend