Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषाको हंसपुर नगरपालिकामा माओवादीको धर्ना जारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ७, २०८१
In आन्दोलन
0

७ चैत्र,(आशिष कुमार),जनकपुरधाम: धनुषाको हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले तीन दिनदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्ना जारी राखेका छन्।

उनीहरूले वडा नम्बर–६, सोनिगामा स्थित सामुदायिक विद्यालय परिसरमा घर निर्माण गरी कब्जा गरिएको भन्दै उक्त संरचना हटाउन माग गरेका छन्। विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल कार्यान्वयन गर्नु पर्ने भन्दै माओवादी कार्यकर्ताहरूले मेयर प्रदीप यादवलाई ज्ञापनपत्र बुझाएका थिए। तर, मेयर यादवले तत्काल निर्णय लागू गर्न अस्वीकार गरे पछि उनीहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।

धर्नामा रहेका माओवादी कार्यकर्ताहरूले विद्यालय परिसर खाली गराउने सहमति भए मात्र तालाबन्दी खोल्ने बताएका छन्। तर, सहमति नजुट्दा नगरपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको छ। कार्यपालिका सदस्य तथा स्थानीय नेता राजेश सक्सेनाले कार्यपालिकाको निर्णय कार्यान्वयन नगरिएको भन्दै धर्ना दिन बाध्य भएको बताएका छन्।

यसैबीच, मेयर यादव र माओवादी कार्यकर्ताहरूबीच केही चरणको वार्ता भए पनि सहमति जुट्न सकेको छैन। माओवादी नगर कमिटीले ३० बुँदे माग सहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। यदि विद्यालय परिसर खाली गराउने निर्णय कार्यान्वयन नभए, आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी माओवादी कार्यकर्ताहरूले दिएका छन्।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend