२३ बैशाख,सिरहा: जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले खुलेर प्रशंसा गरेका छन्।
सिरहा नगरपालिका–६ का निर्वाचित वडाअध्यक्षले सामाजिक सञ्जाल फेसबुक मार्फत् डीएसपी पासवान प्रति इमानदार, मिलनसार र कानुनी प्रक्रियामा विश्वास गर्ने अधिकृतका रूपमा प्रशंसा व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, ‘इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी नगर्ने प्रहरी अधिकृत बिरलै देखिएको छ। जनता शान्ति सुरक्षाको अनुभूति गरिरहेका छन्।डीएसपी पासवानले सिरहामा पदस्थापन भए सँगै अपराध नियन्त्रण, कानुनी पालना र नागरिक मैत्री सेवाप्रवाहमा उल्लेखनीय सुधार आएको जनाइएको छ।
जनताको भावना कदर गर्दै निष्पक्ष रूपमा काम गर्ने शैलीले स्थानिय युवाहरू समेत प्रभावित भएका छन्।वडाअध्यक्षले फेसबुकमा लेखेका छन्, ‘सिरहाली युवाहरू तपाईंको सहयोगका लागि तत्पर छन्। तपाईंको कार्यगति यस्तै रहोस् भन्ने शुभकामना छ।’ यस अघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा पासवान इमानदार छविका रूपमा चिनिँदै आएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्