२६ वैशाख,काठमाडौं: नेपाल सरकारले भारत र पाकिस्तान बीच बढ्दो तनाव प्रति चिन्ता व्यक्त गरेको छ ।भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमण बाट एक नेपाली नागरिक सहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनु परेको थियो । उक्त घटना पश्चात् भारत र पाकिस्तान बीच बढ्दो तनाव प्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति मार्फत चिन्ता व्यक्त गरेको हो ।

नेपालले सबै प्रकारका आतङ्कवाद विरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र नि:सन्देह रूपमा भत्र्सना गरेको थियो ।‘आतङ्कवाद विरुद्धको लडाइमा नेपाल सबै पक्ष सँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन,’मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुन:पुष्टि गरेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्