Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोटिहोम महायज्ञ जेठ ३१ गते सम्म, शनिबार २१ करोड दीप प्रज्वलनको तयारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २३, २०८२
In समाज
0

२३ जेठ,पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ जेठ ३१ गते सम्म सञ्चालन हुने भएको छ। भक्तजनहरूको अत्यधिक सहभागिता र आध्यात्मिक वातावरण सघन बन्दै गएपछि महायज्ञको अवधि थप गरिएको हो।

शुक्रबारको दिन महायज्ञमा सन्त, महन्त, जनप्रतिनिधि र सरकारी कर्मचारीको बाक्लो उपस्थिति रहने आयोजकले जनाएका छन्। महायज्ञ प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार विभिन्न पालिका तथा जिल्ला बाट धार्मिक अगुवा, सरकारी अधिकारी, समाजसेवी र भक्तजनहरूको सहभागिता सुनिश्चित भएको छ।

कोटिहोममा चर्चित आध्यात्मिक वक्ता जगदीश शर्मा, सरु माता (सरिता पुन मगर), भारतका आलोकजी महाराजको टोली, अमेरिका निवासी श्री सत्यदेव महाराज, भागवत वाचिका अनुराधा पाण्डे, अछाम वैद्यनाथधामका गुरुकुल प्रमुख देवराज उपाध्याय गुरुदेव लगायतको आगमन भइसकेको छ।

त्यस्तै, कथा व्यास समाज नेपालका उपाध्यक्ष बालकृष्ण अर्याल, पण्डित भुवन घिमिरे, सुधा अच्युत प्रिया लगायतका धर्मगुरुहरूले पनि कथा वाचन तथा प्रवचन गरिरहेका छन्।

धार्मिक क्षेत्रका साथै सामाजिक अगुवा, अधिवक्ता स्वागत नेपाल, विश्वकर्मा समाजका केन्द्रिय अध्यक्ष गणेश बरायली लगायत विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहनेछ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल सहित उच्च अधिकारीहरूको टोली समेत दर्शनार्थ आउने कार्यक्रम रहेको छ।

यसैबीच, महायज्ञ स्थलका लागि विभिन्न भक्तजन तथा संघ–संस्थाबाट जग्गा दान हुँदै गएको संयोजक ढकालले जानकारी दिए। हाल सम्म अन्नपूर्ण गाउँपालिका बाट १५ रोपनी जग्गा प्राप्त भइसकेको छ। स्याङ्जाबाट शेर जंग अधिकारीले समेत भूमि दान गर्ने तयारी गरेका छन्।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मूर्ति महाराजले कोटिहोमको अवधि जेठ ३१ गते सम्म लम्ब्याउने घोषणा गरेका हुन्। त्यस अनुसार राधिका दासी (भागवत मञ्जरी) द्वारा जारी कथा वाचन पनि अब जेठ ३१ गते सम्म चल्ने छ।

महायज्ञ पोखरा–१७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीय जग्गामा सञ्चालन भइरहेको छ। विशेष आकर्षणका रूपमा आगामी शनिबार २१ करोड दीप प्रज्वलन गरिने तयारी रहेको आयोजकले जनाएका छन्।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३
समाज

रेडक्रस धनुषाका सभापति पंकज महतोलाई जानकी आँखा अस्पतालको समेत जिम्मेवारी

अशोज १४, २०८३
समाज

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३
धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend