Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाली नागरिकलाई इजरायल पठाएको विरुद्धमा शान्ति समाज धर्नामा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ४, २०८२
In समाज
0

४ असार,काठमाडौं । युद्धको वातावरणमा पनि नेपाली नागरिकहरु लाई इजरायल पठाएको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाज नेपालले बुधबार इजरायली दूतावास अगाडि धर्ना दिएको छ ।

सरकारले नेपाली नागरिलाई द्वंधग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको भन्दै धर्नामा उत्रिएको शान्ति समाजले जनाएको छ । सोही क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली नागरिलाई इजरायल पठाउने काम रोक्नु पर्ने बताए । उनका अनुसार युद्ध क्षेत्रमा नेपालीलाई पठाउने भनेको पैसाको लागि जे पनि गर्ने कुरा जस्तो भएको बताए ।

उनले भने, ‘हमास र इजरायलको बीचमा युद्ध भयो हामीले नेपाल सरकारलाई प्रष्ट भनेका थियौं कि नेपालीहरुलाई त्यहाँ जान बाट रोक्नु तर युद्ध बढ्दै जाँदा पनि नेपाली नागरिलाई इजरायल पठाउने काम सरकारले रोकेन त्यो अपराध हो ।’

इजरायलले पनि किन नेपालीलाई बोलाई रहेको छ र नेपालले पनि किन यस्तो अवस्थामा नेपालीलाई पठाई रहेको छ भन्ने कुरा चिन्ताको विषय भएको बताउँदै उनले इजरायलले नेपाली नागरिकलाई त्यहाँको सैन्य प्रयोजनको लागि प्रयोग गर्छ भन्ने त्रास पनि रहेको भन्दै युद्धलाई अन्त्य गर्नु पर्छ भनेर आफुहरु आन्दोलनमा उत्रीएको बताए ।

शान्ति समाजकी सभापति रेनुका पौडेलले आफ्ना नागरिकहरु संसारको जुनसुकै कुनामा भएपनि संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै त्यस प्रति नेपाल सरकारलाई ध्यानाकर्षण गराएको बताइन् ।

उनले भनिन्, ‘जसरी नेपाली नागरिक त्यहाँ रहनु भएको छ पराराष्ट्र मन्त्रालयले त्यहाँको बारेमा सुचना जारी गरेको छ । दुतावासले नेपालीहरुलाई केहि अफ्ठ्यारोमा पर्यो भने उद्धार गर्ने सहजिकरण गर्ने प्रयास गरिरहेको छ । सरकारले आफ्नो नागरिकको सुरक्षा दिनै पर्छ । अरु देश सँग समन्वय गरेर हुन्छ भने राज्यले त्यो नीती अपनाउन पर्छ । आफ्नो नागरिक संसारको जुनसुकै कुनामा भए पनि उस्को संरक्षण गर्नु राज्यको दायित्व हो । त्यस प्रति हामी नेपाल सरकारलाई ध्यानाकर्षण गराउने छौंं । यो युद्ध हुन हुँदैन युद्धले मानिसको क्षय मात्र गर्ने काम गर्छ । त्यसैले युद्ध गर्न हुँदैन ।’ साथै, उनले पछिल्लो समय इरान र इजराइल बीच बढिरहेको घटनाको विरुद्ध मानव अधिकार शान्ति समाज लगातार प्रर्दशनमा उत्रिरहेको भन्दै युद्ध रोक्ने उद्देश्यका साथ अगाडि बढेको बताईन् ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend