Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बृहत्तर जनकपुर विकास परिषद्का पूर्व निर्देशक सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ६, २०८२
In अख्तियार दुरुपयोग
0

६ असार,जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशकको रूपमा कार्यरत रहँदा सार्वजनिक रकमहिनामिना गरेको अभियोगमापूर्व निर्देशक बलराम ठाकुर सहित ६ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोप-पत्र दायर गरिएको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोप-पत्र अनुसार ठाकुरले २०७५ साल मंसिर ५ गते देखि २०७९ मंसिर ४ गते सम्म कार्यकालमा योजना बद्ध तरिकाले सार्वजनिक रकम दुरुपयोग गरेका थिए। स्कर्पियो गाडी खरिद तथा विक्रीको प्रक्रिया र यात्री निवास मर्मत तथा सौन्दर्यीकरणको  नाममा करोडौं रुपैयाँ हिनामिना गरिएको उजुरी पछि अनुसन्धान अघि बढाइएको थियो ।


आयोगका अनुसार ठाकुरले बा १३ च २०३७नम्बरको स्कर्पियो गाडी निज श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा यातायात कार्यालयमा नामसारी गराई, सार्वजनिक पदको दुरुपयोग गर्दै उक्त गाडीको भुक्तानी प्रत्यक्ष वा परोक्ष रूपमा सार्वजनिक रकम बाट गरे। त्यस क्रममा मुकेश यादव सँग देखाइएको भाडा सम्झौताका आधारमा १० लाख रुपैयाँ गैरकानूनी रूपमा भुक्तानी गरिएको देखिएको छ।


त्यस्तै, यात्री निवास मर्मतका लागि मधेश प्रदेश सरकारबाट प्राप्त ९० लाख रुपैयाँ मध्ये बिना प्रक्रिया ४५ लाख उपभोक्ता समितिलाई निकासा गरिएको थियो । उक्त रकम मध्ये १८ लाख ९९ हजार रुपैयाँ परिषद्का कर्मचारी कृष्ण मुरारी सिंह र चालक विक्की कुमार चौधरीको नाममा चेक काटी भुक्तानी गरिएको थियो ।
अनुसन्धानमा उक्त रकम मध्ये १२ लाख ५० हजार रुपैयाँ स्कर्पियो गाडीको भुक्तानी स्वरूप गाडी विक्रेताको खातामा दाखिला गरिएको पुष्टि भएको छ ।

यात्री निवास सौन्दर्यीकरण तथा गेट निर्माण कार्य पनि उपभोक्ता समिति नाममा गराइएता पनि वास्तविक रूपमा ठेकेदार जितेन्द्र कुमार यादव मार्फत गराइएको थियो। सोही योजनाको रकम बाट पनि २ लाख रुपैयाँ गाडी भुक्तानीमा खर्च गरिएको देखिएको छ।

त्यसै गरी, ठाकुरले २०७६ र ७७ देखि २०७९ र ८० सम्म निजी गाडीको इन्धन, मर्मत र भाडाको नाममा क्रमश: ९ लाख २६ हजार, ४ लाख २६ हजार र ७लाख २० हजार रुपैयाँ गैरकानूनी रूपमा प्राप्त गरेका थिए।

उक्त सम्पूर्ण कार्यहरू मिलेमतो र योजनाबद्ध तरिकाले भएको ठहर गर्दै आयोगले प्रतिवादीहरू बलराम ठाकुर, इन्दुलेखा कुमारी ठाकुर, मुकेश यादव, विजय कुमार चौधरी, बविता देवी साह र जितेन्द्र कुमार यादव विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

कुल मिलाएर रु. ५१ लाख७१ हजार ८४४.७४ को सरकारी रकम दुरुपयोग भएको आरोप पत्रमा उल्लेख छ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अख्तियार दुरुपयोग

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२
अख्तियार दुरुपयोग

वीरगंज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा, बाख्रा र माछा पालनको खुलासा

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

जसपा सांसद सरोज कुमार सिंह पुन : पक्राउ, भ्रष्टाचार मुद्दा दर्ता

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

लहान सडक डिभिजनका पूर्व प्रमुख सहित ४ जना माथि भ्रष्टाचारको मुद्दा

अशोज २९, २०८२
अख्तियार दुरुपयोग

माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृत सहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर

अशोज २६, २०८२
अख्तियार दुरुपयोग

कल्याणपुरका मेयर साह १ लाख घुस सहित रंगेहात पक्राउ

असार ३२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend