१४ असार,जनकपुरधाम ।मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता २०८१/८२ को उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। जनकपुरधाममा तीन दिन देखि जारी प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले घरेलु टोली मधेश प्रदेशलाई ३७/३६ को झिनो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

खेलको शुरुवात देखि नै आक्रामक खेल देखाएको मधेश प्रदेशको टिम अन्तिम मिनेटसम्म अग्रता कायम राख्न सफल भए पनि अन्त्यतिर कमजोरी देखिएको थियो। यसै बीच सुदूरपश्चिमले मौका उपयोग गर्दै निर्णायक अंक जोड्न सफल भयो।

विजेता टिम सुदूरपश्चिमका खेलाडीहरूलाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रञ्जित कुमार यादवले ट्रफी तथा पदक प्रदान गरे।
सचिव यादवले प्रतियोगितामा सहभागी सबै टिम र खेलाडीहरूको प्रशंसा गर्दै खेल क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताए। साथै, आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना पनि व्यक्त गरे।
आफ्नो प्रतिकृया दिनुहोस्