१ साउन,काठमाडौं । आज देखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागु हुंदै छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को शुरुवात सँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो ।
नयाँ आ.व.मा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आज देखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ ।
आजै देखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को बिरोध गर्दै आएका छन भने सरकारले यो अध्ययनका लागि समित बनाएको छ । उक्त समितीले दिएको सुझाबका आधरमा सरकारले करमा केहि हेरफेर गर्न सक्ने बताइएको छ ।
आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४–३६ २ ३८ जेठ १५ राति बाटै लागू भइसकेका छन् । त्यसै गरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन अर्थात आज बाट लागु भएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्