पोखरा । तायामा: मचा नाच समिति, पोखरा–५, मालेपटनमा आयोजित दोस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन–२०८२ सम्पन्न भएको छ ।नेवारी समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न टोल र संस्थाहरूले आ–आफ्नो लखेनाच प्रस्तुत गरेका थिए ।
कार्यक्रममा फल्याफकोटे नेवा: खल, मालेपाटन लखेनाच, फेदी नेवा: खल, समाज कल्याण नेवा: खल, नेपाल राष्ट्रिय बड्गाउँ समाज, रुपा देउराली नेवा: खल, नयाँ बजार तायामा: पुँचः, हेम्जा नेवा: खल, राष्ट्र बैंक चोक नेवा: खल, वेदास नगर नेवा: खल, रामघाट नेवाः खल, र अन्य विभिन्न समुदाय र संस्थाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा तायामाः मचाः नाच समिति, रामबजार तायामा: नाच समिति, लुम्पेक युवा समूह, मोहोरिया सिंहनाथ टोल, मना नाच समिति, व्यान्कुट पूर्वचौक, र जर्जिङ म्युजिक सेन्टरबाट सांगीतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए ।
लाखे नाचको सांस्कृतिक महत्वलाई जगेर्ना गर्न र विभिन्न समुदाय बीच आपसी मित्रता र सहयोग अभिवृद्धि गर्न आयोजना गरिएको यो कार्यक्रम स्थानीय बासिन्दाहरू तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको हो ।



















आफ्नो प्रतिकृया दिनुहोस्