Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

उखु किसानको आन्दोलनमा समर्थन पुगेका नेताले भने : ‘किसानलाई ठूलो अन्याय भयो’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १०, २०८२
In आन्दोलन
0

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा सहभागि हुँदै उनीहरुले आन्दोलनरत किसानको माग प्रति ऐक्यबद्धता जनाएका हुन् ।

सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानहरुका जायज मागहरुको सन्दर्भमा ऐक्यबद्धता जनाउन आएको भन्दै सिंगो देशको कृषि क्षेत्रलाई अगाडि बढाउने हो भने यो क्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘उखु किसानहरुका जायज मागहरुको सन्दर्भमा ऐक्यबद्धता जनाउन यहाँ आएका छौ । आन्दोलनरत सबै उखु किसानहरुले जुन माग अगाडि सार्नु भएको छ त्यो मागलाई विगतमा पनि हामीले जायज नै ठानेका थियौं । समस्या उखु किसानको मात्रै होइन्, सिंगो देशको कृषि क्षेत्रलाई अगाडि बढाउने हो भने यो क्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’

साथै, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पनि झण्डै दुइ तिहाई जनसंख्या किसानहरुले बगाएको पसिनामा आधारित भएपनि किसानहरु अपहेलित भएको भन्दै  क्रान्ति, परिवर्तन, लोकतन्त्रको नाममा ठूलो ठगी भइरहेको बताए ।

उनले भने, ‘झण्डै दुई तिहाई जनसंख्या किसानहरुले बगाएको पसिनामा आधारित भएर चलेको छ र सरकार चलाउने मान्छेहरु, राजनीतिक दलका नेताहरु पनि त्यो किसानले पसिना बगाएर उत्पादन गरेको वस्तु खान्छौ । खाने कुरा कुनै मेसिनले होइन किसानले नै उत्पादन गर्छ । समाज र राज्यको केन्द्रमा को हुनुपर्छ भन्दा किसान हुनु पर्छ । तर सबैभन्दा अपहेलित नै किसान भएको छ । मान सम्मान नपाउने किसान, उत्पादन गरेको वस्तुको मूल्य नपाउने किसान अनि यो न्याय भयो ? यही हो क्रान्ति, परिवर्तन, लोकतन्त्र होइन, ठूलो ठगी भइरहेको छ ।’

यस्तै, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसान यसरी सडकमा आउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोप्रति दु:ख व्यक्त गर्दै उनीहरुको जायज मागलाई छिटो भन्दा छिटो पूरा गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने, ‘उखु किसान यसरी सडकमा आउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भयो, त्यसप्रति दु:ख व्यक्त गर्न चाहन्छु । उहाँहरुको माग जुन जायज छ, त्यो मागलाई छिटोभन्दा छिटो पूरा गर्न सरकारसँग माग गर्न चाहन्छु ।’ उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आइतबार देखि भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गरेका छन् ।

यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदानका लागि बजेट विनियोजन नगरेको विषय पनि उनीहरूले उठाएका छन् ।उनीहरूले आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरेको उखुको एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नु पर्ने, आगामी वर्षमा उखुको अनुदानलाई निरन्तरता दिनु पर्ने र मूल्य निर्धारण आपसी छलफल गरेर मात्र गर्नु पर्ने माग पनि गरेका छन् ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend