११ भदौ,रौतहट। रुबी कुमारी साह हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारकै क्रममा मृत्यु भएको छ।
शरीरको आधा भन्दा बढी भाग जलेका पासवानलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएर प्रारम्भिक उपचार पछि कीर्तिपुर स्थित बर्न अस्पताल पुर्याएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार उपचारका क्रममा बुधबार साँझ करिब ६ बजे उनको मृत्यु भएको हो।
माधव नारायण नगरपालिका–६ की २६ वर्षीया रुबी कुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले जानकारी अनुसार, बुधबार बिहान करिब ८ बजे माधव नारायण–६ स्थित नहर नजिक आत्मदाह गर्ने प्रयासका क्रममा पासवानलाई पक्राउ गरिएको थियो।
यस अघि गौरको मुडलवा गेट नजिक सुटकेस भित्र रुबी कुमारी साहको शव फेला परेको थियो। सो प्रकरणमा पक्राउ परेका पासवानको एक भिडियो समेत सार्वजनिक भएको थियो, जसमा उनले रुबीको हत्या गरेको स्वीकार गरेका थिए।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्