Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कवाड व्यवसायीको आरोप : ‘बालेन र राजु पाण्डेले पैसा खाएका छन्’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १३, २०८२
In आन्दोलन
0

१२ भदौ,(रस्मिता गिरी),काठमाडौं । कवाड व्यवसायी संघर्ष समिति नेपालको आयोजनामा काठमाडौं केन्द्रीत आन्दोलन जारी छ ।व्यवसायीहरु सबैभन्दा बढी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह(बालेन्द्र)सँग आक्रोशित देखिन्छन् ।


व्यवसायीहरू भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न ठाउँमा परिक्रममा गर्ने गरेका छन् ।उनीहरु कमलादी स्थित महानगरको कार्यालय पुगेर नियमित धर्ना समेत दिइरहेका छन् ।महानगरले विगत दुई वर्ष देखि आफूहरू माथि अन्यायपूर्ण ज्यादती गरेको भन्दै प्रदर्शन जारी राखेका हुन् ।


प्रदर्शनकारीहरूले महानगरपालिकाले बिना कारण कुटपिट गर्ने, सामान जफत गर्ने र कवाड संकलन केन्द्रका संरचना भत्काउने जस्ता कार्य गर्दै आएको आरोप लगाएका छन् ।महानगरको यस्तो कदमले आफ्नो व्यवसाय र जीवनयापन नै संकटमा परेको उनीहरूको गुनासो छ ।उनीहरूले महानगरको निरन्तर ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छन् ।


कवाडी व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले खाने भाँडो वारोजगार बचाउन,संविधानले दिएको अधिकार खोज्न र रोजीरोटी खोस्ने विरुद्ध सडकमा उत्रिनु पर्ने बताए ।आन्दोलन सुरु गरेको दुई बर्ष पूरा हुँदा पनि माग पूरा नभएको बताए ।


त्यस्तै उनले देशमा गरिब र श्रमिक वा मजदुरको लागि बोलि दिने कोही नभएको भन्दै भोटको लागि मात्र मजदुरहरुलाई प्रयोग गरेको बताए ।गरिबले दुई बर्ष देखि दु:ख पाउँदा मेयर बालेन लुकेर बसेको उनले बताए ।‘राजु पाण्डेले थर्काउँदा सबै चुप छन् ।देशमा गरिब र श्रमिक मजदुरको लागि बोलि दिने कोही भएन।भोटका लागि मात्र मजदुरहरुलाई प्रयोग गरिरहेका छन् ।हिजोको दिनमा बालेनले पनि गरिबको बोलि दिने कोही छैन भन्दै चमेलीको तेल लाएर भोट ठग्यो ।आजको दिनमा गरिबले दुई बर्ष देखि दु:ख पाउँदा उहाँ कहाँ लुकेर बसिरहेका छन्,’ उनले भने ।


‘महानगर प्रहरीले डोजर लगाउँछ, व्यापारीलाई कुट्छ, एकसय जना मान्छे अंगभंग भइसकेका छन् ।सयौंको उठिबास लगाइएको छ,’ उनले भने,‘अहिले देशमा रोजगार नभएको बेला र कवाडी व्यवसायीका करण रोजगार पाएको बेला थप प्रोत्साहित गर्नुको साटो महानगरले झनै विगार्दै लगेको छ ।’


त्यस्तै उनले कवाडी व्यवसाय हटाउने कुरा कसैको मिलोमतोमा नभई राजु पाण्डे र बालेन शाहले गर्न लगाएको आरोप लगाए ।बालेनले कवाडी व्यवसायीलाई एक अर्वमा बोचिदिएको र हाल १५ करोड रुपैँया लिइसकेको आरोप समेत लगाए ।


उनले कवाडी व्यवसायीका कारण असुरक्षा बढेको भए वार्ताको आब्हान गर्नु पर्ने बताए । उनले समस्या बारे बुझेर समाधान गर्न तर्फ लाग्नु पर्ने सुझाव समेत दिए ।‘बालेन आउनु भन्दा अगाडि केही पनि समस्या थिएन ।उहाँ आए पछि यस क्षेत्रमा पैसा देखेर समस्या पनि सँगै देख्नु भएको होला तर त्यसको समाधान पनि देख्नु पर्ने थियो,’ उनले भने ।


‘असुरक्षा बढेको, चोरीका घटना बढेको हो भने त हामी पटक पटक वार्ताको लागि तयार छौं । बालेन आउनु भन्दा पहिला केहि पनि समस्या थिएन ।बालेन आए पछि यहाँ पैसा देखियो अनि समस्या पनि देखियो ।कसैको प्राइभेट जग्गा लिएर व्यवसाय गरिरहेका छौं । त्यहाँ हिजो समस्या थिएन भने आज किन समस्या भएको छ ? उनले प्रश्न गरे,‘ यस बारे अरुलाई समस्या छैन। राजु पाण्डे र बालेन लाई मात्रै किन समस्या भइरहेको छ ?’


त्यस्तै कवाडी व्यवसायी केशव शाहले महानगरले कमाउनर गरि खान नदिएको भन्दै कमाएर खाने अवसर पाउनु पर्ने माग गरे ।उनले कवाडी व्यवसायीका लागि केन्द्रीय सरकारले कुनै पहल नगरेको बताए । ‘महानगरले कमाउन वा खान दिंदैन् ।साइकलहरु खोसि दिन्छन ।केहि बोल्यो भने मारपिट गर्छन् ।साइकल लैजान्छन् फिर्ता दिंदैनन्।हाम्रो समस्या बारे न त केन्द्र सरकारले पहल गरेको छ, न त महानगरले नै,’उनले दुखेसो पोखे । त्यस्तै अर्का कवाडी व्यवसायी रामसिंहले कवाडखाना बन्द भए कवाड कहाँ बेच्ने भन्दै प्रश्न गरे ।उनले यदी कवाडीवालाले कवाड नउठाए कवाड बालेन शाहले उठाउने हो? भन्दै आक्रोश व्यक्त गरे ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend