२४ भदौ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।मंगलबार काठमाडौंको बोहोराटार स्थित पौडेलको निजी निवासमा आगजनी भएको हो ।हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् ।जेनजी युवाहरु भ्रष्टाचारी सरकार हटाएर नयाँ सरकारको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्