२४ भदौ,विराटनगर। जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानै देखि विराटनगरमा उग्र बनेको छ ।सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालय तर्फ अघि बढे पछि स्थिति तनावपूर्ण बनेको हो ।
प्रदेश सभा भवन भित्र प्रवेश गर्न खोजे पछि प्रदर्शनकारी र प्रहरीले दोहोरो झडप भएको छ । ब्यारिकेट तोड्न खोजे पछि प्रहरीले नियन्त्रणका लागि अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रयोग गरिएको जनाएको छ ।

कफ्र्यु आदेश तोड्दै प्रदेशसभा सचिवालय अगाडि अगाडि बढेका युवा माथि प्रहरीले बल प्रयोग गरे पछि आन्दोलनकारी झन् आक्रामक बनेका छन् ।निरन्तर नाराबाजी जारी रहेकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।विराटनगरका विभिन्न क्षेत्रमा अझै पनि तनाव कायमै छ । यस क्रममा शहरको पुष्पलालको शालिक समेत तोडफोड गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्