२४ भदौ,काठमाडौं। सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरु मंगलबार साँझ सम्म पनि सिंहदरबार अगाडि प्रदर्शनरत छन् ।मंगलबार दिउँसो सिंहदरबार प्रवेश गरेर अधिकांश मन्त्रालय र सरकारी कार्यालयहरुमा आगजनी गरेका उनीहरु साँझसम्म सिंहदरबार गेट अगाडि प्रदर्शनमा छन् ।

प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका थिए । सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मी नभएको मौकामा उनीहरु भित्र छिरेका थिए । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा प्रदर्शनकारीको नियन्त्रणमा छ । तथापी, सेनाले पहरा भने दिइरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्