Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २६, २०८२
In घटना /दुर्घटना
0

२६ भदौ,काठमाडौं। देशभरि तीव्ररूपमा फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदै ललितपुरको भैंसेपाटी स्थित मन्त्री क्वार्टरमा भीषण आगलागी भयो । आन्दोलन उग्र बन्दै गए पछि आक्रोशित समूहले मन्त्री क्वार्टरमा आक्रमण गरी आगजनी गर्यो ।

सरकारी तथ्यांक अनुसार करिब १ अर्ब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्त्री क्वार्टर आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।

आन्दोलन बारे प्रतिक्रिया दिदैं भैंसेपाटी निवासी शत्रुधन साहले भने, ‘यो आन्दोलन जरुरी थियो । युवाहरू रोजगारको अभावमा देश छाडिरहेका छन्, नेताहरू भ्रष्टाचारमा लिप्त छन् । यस अवस्थामा जनआक्रोश स्वाभाविक हो। तर जुन सम्पत्ति जलाइयो, त्यो सरकारी भएपनि हाम्रो हो । त्यसैले यति हिंसात्मक ढंगले जानु ठीक भएन ।’

उनले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको उल्लेख गर्दै भने, ‘दुई दिन पनि नपुग्दै सरकारले राजीनामा दियो । बंगलादेशमा यस्तो आन्दोलन महिनौं सम्म चल्यो । तर अब नेतृत्व युवाको हातमा जानु पर्छ । देशको सुरक्षा अवस्था कमजोर भएको छ, नयाँ सरकार चाँडै गठन हुनु पर्छ ।’ मन्त्री क्वाटर शान्त रहे पनि नेपाली सेनाको हेलिकप्टर मन्त्रीहरुलाई उद्धार गर्न पुगे पछि आन्दोलनकारी आक्रोशित बनेका थिए ।

सुरुमा स्थानीय महिलाहरु नै तोडफोडमा उत्रिएका थिए । पछि आन्दोलनकारीको हुल पुगे पछि सुरक्षाकर्मीहरु समेत पछि हटेका थिए ।संरचना ध्वस्त बनेको देखेकी ६७ वर्षीया स्थानीय सावित्रा पौडेलले त्रासका बीच भनिन्, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेकी थिइनँ । अहिले प्रहरी छैनन्, असुरक्षित छौं । नेताहरूको कारण यस्तो भयो भन्ने सुनिन्छ तर अब के हुने हो ? सरकारी सम्पत्ति पनि त हाम्रो हो । सबै जलेर सकियो भने अब हाम्रो बालबच्चाले के खाने, कहाँ बस्ने ?’

  • 58shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२
घटना /दुर्घटना

१५ वर्षिय बालक अपहरणको आशंका, ५ करोड फिरौती माग

अशोज ६, २०८२
घटना /दुर्घटना

जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि

भदौ २७, २०८२
घटना /दुर्घटना

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०, १ हजार भन्दा बढी घाइते

भदौ २६, २०८२
घटना /दुर्घटना

धनुषामा मूर्ति विसर्जनका क्रममा दुई समुदाय बीच झडप, स्थिति तनावग्रस्त

भदौ १४, २०८२
घटना /दुर्घटना

बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु

भदौ ११, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend