काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेकी छन् ।शनिबार काठमाडौंको मीन भवनमा रहेको सिभिल अस्पताल र सुन्धारामा रहेको वीर अस्पतालको ट्रमा सेन्टर पुगेर भेटेकी हुन् ।

शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नु अघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् ।प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरू सँग व्यक्तिगत रूपमा कुराकानी गर्दै उपचारको अवस्था बारे जानकारी लिएकी थिइन् ।
उनले सम्बन्धित चिकित्सकह रूसँग घाइतेहरूको स्वास्थ्य स्थिति, उपचारको प्रगति, र आवश्यक सहयोगका विषयमा छलफल गरेकी छिन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्