काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इलाम सहितका विभिन्न स्थानमा आएको बाढी–पहिरोका कारण जनधनमा भएको क्षतिप्रति दु:ख प्रकट गरेकी छन्।
सोमबार सामाजिक सञ्जाल मार्फत उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरिन्। साथै उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी र स्वयंसेवीहरूको उच्च प्रशंसा पनि गरिन्।
प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “अत्यधिक वर्षाका कारण इलाम लगायतका क्षेत्रमा भएको क्षतिले मलाई अत्यन्त दुःखी बनाएको छ। पीडित परिवारलाई धैर्य र धीरताको साथमा यो कठिन समय सामना गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। राहत तथा उद्धारमा अहोरात्र लागिपर्नुभएका सबैलाई धन्यवाद दिन चाहन्छु।”उनले प्रभावित क्षेत्रमा राहत वितरण कार्य जारी रहेको जानकारी पनि दिएकी छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्