विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको घटना पछि बन्द रहेका सुनसरी जिल्ला अदालतका सबै सेवा आगामी आइतबार (असोज २६) देखि पुन: सुचारु हुने भएका छन् ।गत असोज २४ गतेको घटना पछि अदालत परिसरमा भएको तोडफोड र सुरक्षाजन्य कारणले न्यायिक काम कारवाही ठप्प भएको थियो ।
सो घटनाले साप्ताहिक तथा दैनिक पेशी देखि मुद्दा दर्ता, फैसलासम्मका कार्यहरू प्रभावित बनेका थिए ।अदालत प्रशासनका अनुसार, आवश्यक मर्मत, सरसफाइ र सुरक्षाको तयारी सम्पन्न भए पछि अब अदालतका सम्पूर्ण सेवा, पेशी र प्रशासनिक कामहरू पुन: सुरु गरिने भएको हो ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुनसरी लगायत कोशी प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो ।
त्यसको असर अदालतको नियमित कामकाजमा पनि परेको थियो ।न्याय सेवामा अवरोध हुँदा मुद्दा परेका पक्षहरू लामो समयसम्म निर्णयबाट वञ्चित भएका थिए । अदालत पुन: सञ्चालनमा आउँदा न्याय खोज्ने सर्वसाधारणले राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्