काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधि मण्डल बीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा आगामी सहकार्यका सम्भावनाबारे विचार–विमर्श भएको थियो । प्रधानमन्त्री कार्कीले वर्तमान असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता सुशासन र तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउने रहेको बताइन् ।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको र यसलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरे । भेटका क्रममा राजदूत फेनले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तत्पर रहेको जानकारी गराए ।



















आफ्नो प्रतिकृया दिनुहोस्