७ फागुन ,मटिहानी (महोत्तरी): १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा पुगेको छ । । हिजो भारतको गिरिजास्थानबाट डोला सहित निस्किएको परिक्रमा यात्रुहरू आज मटिहानी पुगेर रात्रि विश्राम गरिरहेका छन् ।
मटिहानीमा परिक्रमा यात्रुहरूको स्वागतका लागि स्थानीय धार्मिक संस्था, नगरपालिका तथा स्वयंसेवक समूहले विशेष तयारी गरेका छन् । यात्रुहरूका लागि भण्डारा (निःशुल्क भोजन), विश्रामस्थल तथा धार्मिक कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
परिक्रमा टोली भोलि जलेश्वर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मडई, ध्रुव कुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विसौल हुँदै अन्ततः जनकपुरधाम फर्किनेछ । अन्तिम दिन जनकपुरधाम आइपुगे पछि पाँच कोशे अन्तर्गृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने छ ।
मिथिलाको महाकुम्भ भनेर चिनिने माध्यमिकी परिक्रमा नेपाल र भारतका १५ विभिन्न पडाव पार गर्दै करिब १३३ किलोमिटर दूरी पैदल यात्रा गर्ने धार्मिक परम्परा हो, जसमा नेपाल र भारतबाट लाखौँ श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्