२१ वैशाख, धनुषा : बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ स्थित आनन्द ईन्टरप्राईजेज हार्डवयरका संचालक तथा सोही ठाउँ बस्ने ४८ वर्षीय राम प्रताप साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्ट सहित साहलाई पक्राउ गरेको हो ।
यस्तै ज. उ.न. पा. -४ माछाबजार स्थित रहेको चन्दन आईरन स्टोरको संचालक सत्यनारायण चौधरीको छोरा वर्ष २० को चन्चल कुमार चौधरी लाई बजार भाउ भन्दा बढि मुल्यमा सिमेन्ट विक्री गरि रहेको अवस्थामा धनुषा प्रहरी ले पक्राउ गरेको छ । सो पसल तथा गोदाम बाट विभिन्न ब्रान्डका ४२० बोरा सिमेन्ट बरामद गरि उक्त पसल तथा गोदाम समेत लाई सिल गरिएको छ भने आरोपी हरु लाई नियन्त्रणमा लिई कालोबजारी मुद्दा मा आवश्यक अनुसन्धान भई रहेको श्रोत ले जनाएका छन ।



















आफ्नो प्रतिकृया दिनुहोस्