Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चर्काे ब्याजदरका विरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ४, २०७९
In अर्थ
0

४ कात्तिक, काठमाडौं :बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्काे ब्याजदरका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन् । उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजुदा वास्तविकता र विगतको अनुभवलाई मनन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा न्यूनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर घटाउन सकिने अवस्था रहेकोतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराइएको छ ।

हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको साँवा ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैंक बाट पहल हुनुपर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको छ । मौजुदा परिवेश बाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसाय धमाधम धरासायी बन्दै गएको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रीय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनुपर्नेतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा ज्ञापनपत्र बुझाउन भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुर थिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ , भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ , भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ , नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिको जिल्ला प्रशासन कार्यालय पुगेका छन् । ज्ञापनपत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले प्रजिअ शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । (रासस) तस्विर : आर्थिक न्युज

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

अशोज १२, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

साउन २३, २०८२
अर्थ

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

साउन ७, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend