Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र स्तब्ध: आतंकित बनाएको आरोप?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १८, २०८०
In विविध
0

काठमाडौं : सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र स्तब्ध बनेको छ । नेपाल उद्योग परिसंघले हतार हतार पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रको मानमर्दन गर्दै आतंकित बनाएको आरोप लगाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार दिउँसो चौधरी र बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमान सिंह थापालाई पक्राउ गरेर चार दिन हिरासत म्याद लिएको थियो ।

चौधरीको कम्पनीले कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ भने थापाले त्यसमा मिलेमत्तो गरेको आरोप छ । प्रहरीले दुवैलाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।घटनाको विरोध गर्दै परिसंघले साँझ पत्रकार सम्मेलन गरेको छ भने उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै धरपकडको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनुसन्धानले पुष्टि नभए सम्म धरपकड उद्योगी व्यवसायीलाई धरपकड नगर्न सरकारलाई गराएको ध्यानाकर्षण स्मरण गराउँदै महासंघले व्यवसायिक परिदृश्यबाट निराश व्यवसायीलाई थप निरुत्साहित बनाएको उल्लेख गरेको छ ।

उता पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालले धरपकड गरेर सरकारले उद्योगीलाई आतंकति पारेको आरोप लगाए । सूचना दिएर आफ्नो कुरा राख्न दिनुपर्ने भन्दै उनले हठात पक्राउ गरेर निजी क्षेत्रको मानमर्दन गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीले अरुण चौधरी पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई पेल्न खोजेको आरोप लगाए । सरकारको यो कदमले नीजि क्षेत्र धरापमा पर्ने उनले बताए ।

उनले भने, ‘सरकारले अरुण चौधरीलाई पक्राउ गरेर निजी क्षेत्रलाई पेलेर अगाडि बढ्न खोजेको छ । मलाई लाग्छ सरकारले यो मुद्दालाई निराकरण गर्दै जानु पर्छ । नत्र निजी क्षेत्रलाई ठूलो समस्या पर्न सक्छ । त्यसैले सरकारले चाँडोभन्दा चाँडो मुद्दालाई किनारा लगाउनु पर्छ ।’

त्यस्तै, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताए । व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोही अनुसार गर्नु पर्ने भनाइ उनले राखे ।

उनले भने, ‘व्यवसाय गरिरहेको व्यवसायीलाई थुनामा राख्दा देशको उद्योग धन्दा कसरी चल्छ ? यो प्रक्रिया नै गलत भयो । यसलाई तत्काल रोक्नु पर्छ ।’ देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नु सरकारको गम्भीर गल्ती भएको उनको भनाइ छ ।

सवारी बिक्रेताहरुको संस्था नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले चौधरी पकाउ परेको सुन्दा आफूहरु पनि सशंकित भएको बताए । सरकारले यसरी निजी क्षेत्रलाई तर्साउन नहुनेमा उनले जोड दिए ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend