Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाल बैंकले दियो प्रहरी स्कुल लाई ३० लाखको छात्रवृत्ति 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २५, २०८१
In बैं‌किङ खबर
0

काठमाडौं : प्रहरी विद्यालयका लागि नेपाल बैंक लिमिटेडले ३० लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेको छ । ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ का लागि बैंक र नेपाल प्रहरीबीच शुक्रबार सम्झौता भएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित  कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख एसएसपी रेवती ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्र आदान प्रदान सँगै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपैयाँको चेक एसएसपी ढकाललाई हस्तान्तरण गरे ।कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले छात्रवृत्ति दिने सम्झौताका लागि नेपाल बैंकलाई धन्यवाद दिए । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास उनले व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नागरिकको सेवामा नेपाल प्रहरीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताए ।

सम्झौता अनुसार उपलब्ध रकमबाट प्रहरी कल्याण कोषको नाममा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना हुनेछ । कोषको ब्याजबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल प्रहरीका नौ स्कुलमा वितरण हुनेछ ।कक्षा ४ देखि १० सम्म पढ्ने छात्रछात्राले पाउने छात्रवृत्ति बिदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा दिइने छ ।

यस बमोजिमका सन्ततिहरू नभएमा अमर/शहिद/असक्त प्रहरी कर्मचारीका सन्ततिलाई, सो पनि नभएमा बहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ हवल्दार दर्जा सम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रति स्कुल एक जनाको दरले छात्रवृत्ति उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ ।

  • 22shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

बैं‌किङ खबर

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२
बैं‌किङ खबर

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२
बैं‌किङ खबर

नाडा अटो शो : अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ बर्ष सम्मको प्याकेज

भदौ ७, २०८२
बैं‌किङ खबर

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

जेष्ठ २९, २०८२
बैं‌किङ खबर

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आज देखि विक्रीमा

जेष्ठ २६, २०८२
बैं‌किङ खबर

कुमारी बैंकको संस्थापक शेयर आज देखि बिक्रीमा

जेष्ठ २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend