काठमाडौं : आइतबार सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँ घटेको छ ।शुक्रबार हाल सम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रति तोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भैरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्