३१ श्रावण,काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमति पत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमति पत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राही सँग बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत रेग्मी पक्राउ परेका थिए ।
आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्