Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अख्तियार द्वारा ६ जना विरूद्द सर्वोच्च अदालतमा पुनरावेदन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ३, २०८१
In अख्तियार दुरुपयोग
0

३ भाद्र,काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरूद्द सर्वोच्च अदालतमा पुनरावेदन गरेको  छ ।आयोगले  झुट्टा नापी किताब, ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको भनि प्रतिवादीहरू दिपक बहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मान बहादुर रावत, विर बहादुर बुढा र ज्ञान बहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको  हो ।

पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दिपक बहादुर बुढाथोकी, तत्कालीन सव(इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव(इन्जिनियर दिपेश महताराले बाजुराको खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा काम भन्दा बढी परिमाण देखाएर झुट्टा नापी किताब, ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको आयोगले जनाएको  छ ।

यस्तै मापदण्ड विपरीत भएको निर्माणलाई शर्त तथा मापदण्ड बमोजिम भएको हो भनी सिफारिस गरेको, उक्त झुट्टा नापी किताब, ठेक्का बिल तथा कार्य सम्पन्न प्रतिवेदन लगायतका कागजातहरू स्वीकृत गरी १ लाख ५६ हजार ५ सय  ५३ रूपैयाँ भ्रष्टाचार गरेको पाइएको  छ ।

बुढाथोकी,मण्डल र महताराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को खण्ड ९ग० र खण्ड ९ङ० को कसुर देखिंदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम उपदफा ९२० बमोजिमको कसुर भएकोले  बुढाथोकी, मण्डल र महतारा लाई ऐनको दफा १९ को उपदफा ९२० बमोजिमको कैद र जरिवानाको सजाय हुने  भएको  छ ।

यसैगरी खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रावत र सचिव विर बहादुर बुढाले योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समिति,डोटीसँग भएको सम्झौताको शर्त पालना नगरी वास्तविक रुपमा फिल्डमा नभएको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई गैरकानूनी लाभ १ लाख ५६ हजार ५ सय ५३ रूपैयाँ  भ्रष्टाचार  गरेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूलाइ  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० को कसुरमा ऐनको दफा ८ को उपदफा ९४० बमोजिम बिगो एक लाख ५६ हजार ५ सय ५३ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९४० बमोजिम सजाय गरी बिगो समेत जफत हुने जनाइएको छ ।

खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञान बहादुर शाहीले फिल्डमा सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न नभएता पनि सम्झौता बमोजिम सम्पन्न भएको भनी अनुगमन गरी गलत सिफारिस गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिमको कसुर भएकोले शाहीलाइ ऐनको दफा १९ को उपदफा ९२० बमोजिमको कैद र जरिवानाको सजाय हुने भएको  छ ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अख्तियार दुरुपयोग

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२
अख्तियार दुरुपयोग

वीरगंज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा, बाख्रा र माछा पालनको खुलासा

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

जसपा सांसद सरोज कुमार सिंह पुन : पक्राउ, भ्रष्टाचार मुद्दा दर्ता

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

लहान सडक डिभिजनका पूर्व प्रमुख सहित ४ जना माथि भ्रष्टाचारको मुद्दा

अशोज २९, २०८२
अख्तियार दुरुपयोग

माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृत सहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर

अशोज २६, २०८२
अख्तियार दुरुपयोग

कल्याणपुरका मेयर साह १ लाख घुस सहित रंगेहात पक्राउ

असार ३२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend