२८ भाद्र,काठमाडौं: काठमाडौंको सुन्धारा स्थित धरहरा आउँदो असोज ३ गते देखि संचालन हुने भएको छ ।बिहीबार बसेको मन्त्रि परिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गते देखि धरहरा अस्थायी रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।
धरहरा संचालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालय लाई दिइएको छ ।२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरी स्वरूप पुरानो धरहरा जस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ ।
बाहिर बाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ । २ वटा लिफ्ट बाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ ।भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ ।
धरहरा टावर मुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा प्रशासनिक भवन र संग्राहलय लगायतका संरचना पनि बन्दैछन् । धरहराको उद्घाटन भने तीन वर्ष अघि नै भइसकेको हो ।



















आफ्नो प्रतिकृया दिनुहोस्