Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सडक होइन सरकार सँग आक्रोशित छन् लाइनमा बसेका यात्रु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १५, २०८१
In विविध
0

१५ असोज,काठमाडौं,(आकांक्षा धामी): दशैं नजिकिए सँगै उपत्यका छाड्ने हरुको संख्या क्रमश: बढ्दैछ । सडक सहज भएका गन्तब्य सम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन् । विहीबार देखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरु अन्योलमा छन् । 

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरे सँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड भने पातलिएको छैन । चाँडै सडकको अवरोध हट्ला र सहजै गाउँ फर्किने अपेक्षा लिएकाहरु काउन्टर अगाडि लाइन लागेका छन् ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको विर्तामोड, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुर लगायतका ठाउँमा जाने यात्रुको भीडभाड छ ।

सरकारले अनलाइन मार्फत टिकट बुक गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानै देखि लाइनमा बसेर टिकट काटीरहेका भेटिन्छन् ।हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँ बाट २० लाखको हाराहारीमा यात्रु उपत्यका बाट बाहिरिने गरेका छन् ।

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे सँगै १० लाख यात्रुले टिकट बुकिङ गरिसकेको व्यवसायीहरुको भनाइ छ ।काठमाडौंको गंगबु बसपार्कमा टिकटको लागि समस्या नभए पनि मौसम प्रतिकुलका कारण सडक अवरुद्द हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

लगातार तीन दिन अविरल वर्षा काठमाडौं जोड्ने सडकहरु अवरुद्ध हुँदा पूर्व र पश्चिम जाने यात्रुहरु बढी मर्कामा परेका हुन् ।तर अविरल बर्षा सकिएको पछिल्लो तीन दिन सम्म गाडी गुड्न नसक्दा यात्रुहरुमा अक्रोशित देखिन्छन् । सडक सुचारु गर्न सरकारले पर्याप्त काम नगरेको प्रति यात्रुहरु आक्रोशित बनेका हुन् ।

यात्रुहरुले फरक फरक गुनासो गरिरहेका छन् । कतिपय यात्रु दशैंको लागि भनेर विदेश बाट नेपाल आएका छन् । काठमाडौंबाट गाउँ जान नपाएर चिन्तामा रहेका उनी सरकारप्रति बढी रुष्ट छन् । नेपालको सडक र सरकारको कार्यशैली देखेर आफू दिक्क भएको नयाँ बस-पार्कमा भेटिएका बिष्णु पराजुलीको भनाइ छ ।

‘सडक अवरुद्द छ । विदेशबाट आएको तीन दिन भइ सक्यो । सडक अहिले सम्म खुल्न सकिरहेको छैन । धेरै जना काठमाडौंमै अड्किएर बस्दा दिक्क भइ सक्यो, खर्च बढिरहेको छ । यातायात व्यवसायी महासंघले पनि गाडी पठाउन सकेको भए सजिलो हुन्थ्यो,’पराजुलीले भने ।

पराजुली लाई जस्तै अन्य यात्रुहरु लाई पनि दशैंको समयमा घर पुग्न उत्तिकै हतार  छ । तर यस्तै पीडा सुनाउँदै नयाँ बस-पार्क क्षेत्रमै भेटिएका यात्रु रमेश क्षेत्रीले भने,‘उप-प्रधानमन्त्रीको जिम्मेवारी पाएका प्रकाशमान सिंह काठमाडौंकै जन प्रतिनिधि हुन । तर बस-पार्कमा सयौं मानिसहरु मान्छे भोकै छन् । कतिले पानी समेत पिउन पैसा नभएको अवस्था छ तर सिंह जस्ता जन प्रतिनिधिहरुको कुनै सहयोग र सद्भाव छैन ।’

उनले  भने, ‘म विदेशबाट आएको हुँ । म सँग त पैसा होला तर तीन दिन सम्म टिकटको लागि बस-पार्कमै भोकै बसेका धेरै जना छन् । गाडी होल्ड हुँदा यहीँ काठमाडौं  क्षेत्रका जन-प्रतिनिधिहरुले यात्रुहरु प्रति ध्यान दिनु पर्ने होइन र ?’

क्षेत्रीले काठमाडौं महानगरका प्रमुख बालेन शाहले पनि बस-पार्क तिर आफ्नो ध्यान लगाउन आग्रह गरे । उनले सडक खुलाउने प्रयासमा सरकारले नेपाल प्रहरी, सेना र शसस्त्रहरु लाई दु:ख दिइ रहेको तर आवश्यक बजेट एवम इक्युमेन्टहरु उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरे ।

बस चालक राकेश भट्टले पनि चार दिन सम्म आफ्नो गाडी उपत्यका भन्दा बाहिर जान नसक्दा खर्च धान्नै मुस्किल पर्ने बताए । उनले विपतमा सरकारले सहयोग नगर्ने हो भने यस्तो सरकारको आवश्यक नभएको बताए । 

उनले भने, ‘हप्ता दिन हुन लाग्यो यता बसेको, धेरै आपत आइ लागि सक्यो । विपतको समयमा प्रधानमन्त्री अमेरिका घुम्न मिल्छ ? जनताको केही चासो गर्दैनन् । सरकार लाई पहिले नै जानकारी भइसकेको थियो बाढी र पहिरोमा परेर मान्छे हरु अलपत्र छन् भनेर ।तर सरकार कानमा तेल हालेर सुत्यो । फसेका यात्रुहरु लाई उद्दार गर्न कुनै सरकारी निकाय पुगेन । मरिसके पछि लास मात्र गन्नका लागि सरकार उद्दारको नाटक गर्न दुर्घटना ग्रस्त क्षेत्रमा पुग्यो ।’

साथै उनले गरिवहरुको लागि सरकारले केही गर्न नसकेको बताए । उनले जनताको समस्यामा नपुग्ने जन-प्रतिनिधिहरु बस किन राती चलाएको भनेर उल्टै बस व्यवसायीहरु लाई थर्काएको उनले गुनासो पोखे ।

उनले राती बस नचालाउने सरकारको निर्णय राम्रो भए पनि पहल कदमी नगरी सञ्चालनमा रोक लगाउनु उचित नहुने बताए । उनले दुई वटा पार्टी मिलेर सरकार बनाउने तर पहल कदमी गरेर  निर्णय लिन नसक्ने सरकार कसै लाई नचाहेको बताए ।

अहिलेको सरकार प्रति सबैको गुनासो त छँदै तर युवा पुस्ताले सबै भन्दा बढी गुनासो गरिरहेको अवस्था छ ।  यस्तै अर्का यात्रु अनिल गुप्ताले सरकारले पहल गरेको भए धेरै दिन सम्म यात्रु यसरी अत्रपत्र नपर्ने बताए । उनले सरकारले कुनै हिसाब बाट पनि पहल गरेको भए यात्रु हरु आफ्नो आफ्नो घर पुगिसक्ने बताए ।

सरकारले घुम्नमा एक करोड खर्च गर्नसक्ने तर सडक सञ्जालको लागि एउटा डोजर किन्न नसक्नु लाजमर्दो भएको उनले बताए । सरकार सँग गुनासो भएपनि यात्रुहरु लाई टिकटमा समस्या नभएको उनीहरुको भनाइ छ ।

तर पहाडी जिल्ला हरुमा जानको लागि एउटा मात्र रुट भएकाले हुम्ला र दार्चुला जाने यात्रुहरु थोरै समस्यामा परेको तुलसीपुर यातायात प्राइभेट लिमिटडका काठमाडौं साखा प्रमुख रमेश गौतमले बताए । उनले यात्रुहरुले दु:ख नपाउन भन्नकै लागि मोबाइल तथा अनलाइन बाट टिकट खुला गरिएको समेत बताए ।

उनले बसमा तोकिएको भाडा भन्दा कसैले बढी लिएको पाइए कारवाही गरिने बताए । उनले गाडी सडक अवरुद्द हुँदा कुनै यात्रु विशेष कारणले जान सक्ने अवस्था नभए पैसा समेत फिर्ता गरिने बताए ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर सडकको अवस्था ठिक नभएसम्म गाडी गुडाउन नसकिने बताउँछन् ।

बुकिङ खुलाएको पहिलो दिन यात्रु हरुको भीड अत्याधिक भएपनि हाल भीड घट्दै गएको बताउँछन् । ‘बाटो नखुलिकन बुकिङ मात्र गरेर भएन । जब राजमार्ग सुचारु हुन आउँछ त्यस पछि टिकटको विषय सहजीकरण गर्दै जाने छौं,’उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सँग घटस्थापना सम्म सडक लाई ठिक बनाउने र त्यस पछि धमाधम यात्रुलाई सहज सेवा दिने सहमति भएको भएपनि अब त्यो सम्ंभव नभएको उनले बताए ।

‘पहिरो खुलाए पछि पनि ढुक्कले यात्रा गरिहाल्नु पर्ने अवस्था छैन । अझै घाम लागे पछि सुक्खा पहिरो त जान्छ जान्छ । तर, सरकारको संयन्त्र र सडकमा काम गरिरहेकाहरु सँग भएको स्रोत र साधन लाई पुरै परिचालन हुने गरेर रात दिन नभनी दशैं भरी परिचालन गर्नु पर्ने स्थिति छ,’अध्यक्ष स्वाँरले भने ।

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

अयोध्या–जनकपुर रेल सेवा आज देखि नियमित सञ्चालन, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३

इन्धनमा परनिर्भर नेपाल : संकट आउनु अघि विकल्प खोज्ने कि पछि पछुताउने?

मंसिर १०, २०८३

युरोपेली संघ चलचित्र महोत्सवको १५औँ संस्करण जनकपुरधाममा हुँदै, मंसिर १२ र १३ गते अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी

मंसिर १०, २०८३

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend