१६ असोज,इटहरी : युवा उद्यमीहरु को साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ् प्रालि बीच सहकार्यको लागि सम्झौता भएको छ ।
मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको कार्यालयमा सम्झौता भएको हो ।रोजगारीको अभावमा युवाहरू देश छाड्न बाध्य भएको अवस्थामा यो सम्झौता ले भने युवाहरू लाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।
सक्रिय युवा उद्यमी लाई सञ्चार माध्यम मार्फत प्रोत्साहन र हौसला प्रदान गर्ने नेपाल उद्योग परि संघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनम रिजाल ले बताए ।‘देशमा रोजगारी बढाउन, आर्थिक विकासका लागि युवा उद्यमी लाई प्रोत्साहन गर्नु पर्छ,’रिजाल ले भने, ‘अहिलेको समयमा युवा लाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम सञ्चार माध्यम नै हो ।’
उनले युवा उद्यमी लाई विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न सरकारी नीति बाटै सहजीकरण र प्रोत्साहन गर्न सञ्चार माध्यम बाट दबाब सिर्जना गर्नु पर्ने जनाए ।सम्झौता अनुसार उद्योग परि संघ ले युवा उद्यमीले गरेका उदाहरणीय कार्य, संघर्षका चरण, प्रगति लगायतका भावी पुस्ता लाई सन्देश हुने सकारात्मक सन्देश नयन एड्भरटाईजिङ् प्रालि द्दारा सञ्चालन प्रदेश खबर डट कम मार्फत प्रकाशन गरिने छ ।
एड्भरटाइजिङका अध्यक्ष तथा प्रदेश खबर डटकम का सम्पादक पवन अधिकारी र सस्थाका अध्यक्ष रिजाल बीच उक्त सहमति पत्रमा हस्ताक्षर भएको छ ।अधिकारीले युवा उद्यमीहरू लाई सञ्चार मार्फत जोड्न पाउनु हर्षित भएको बताए । उनले देशमै सकारात्मक सोच सहित नयाँ र रचनात्मक काम गर्न चाहने युवाहरु लाई उक्त सम्झौता कोशेढुंगा साबित हुने दाबी गरे ।



















आफ्नो प्रतिकृया दिनुहोस्