१६ असोज,काठमाडौं,(सबिता नयाँजु) : चाडपर्व नजिकिए सँगै खाद्य वस्तुहरुको मूल्य तिव्र गतीमा बढ्ने गरेको छ ।आम उपभोक्ताहरु दैनिक उपभोग्य बस्तुको अभाव साथै मंहगीको सामना गरि रहेका हुन्छन् । यस्तो समस्याको अन्त्यका लागि सरकारले बर्षेनी ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ । त्यहाँ बाहिरको भन्दा कम मूल्यमा उपभोग्य बस्तु विक्री गर्ने गरिन्छ ।
सरकारले आम उपभोक्ता लाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य ले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी की सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी ले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गते सम्म ४२ जिल्लाका ६५ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गरेको बताइन् । काठमाडौं उपत्यका का थापा थली, राम शाह पथ, नख्खु र सूर्य विनायकमा कम्पनीले विक्री कक्ष सञ्चालित छन् ।
उनले भनिन्, ‘यस वर्षको चाडपर्व लक्षित सुपथ मूल्य पसल हामीले असोजको ३ गते देखि सुरु गरेका हौं र यो कार्यक्रम माघको २ गते सम्म सञ्चालन गर्ने तयारी छ । पसलहरुमा दैनिक उपभोग्य सामानहरु दाल, तेल, नुन, चिनी, जस्ता खाद्य वस्तुहरु सुपथ मूल्यमा विक्री वितरण गर्ने गरेका छौ । यस वर्ष देश भर करिब ४२ वटा जिल्लाका ३५ वटा स्थानहरु बाट पसलहरु सञ्चालन गरि रहेका छौ । यसमा पनि काठमाडौं उपत्यकामा चा रवटा कम्पनीका आफ्नै विक्री केन्द्रहरु बाट सञ्चालन भएका छन् भने दुई वटा पालिकाहरु सँगको समन्वयमा सञ्चालन गरेका छौ । यसमा दक्षिण्काली र चाँगुनारायण रहेका छन् ।’
उनले दसैँ, तिहार, छठ लगायत विभिन्न चाडपर्वमा उपभोक्ता लाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको जानकारी दिएकी छन् ।उनले सहुलियत पसलमा उपभोक्ता ले विभिन्न प्रकारका चामल तथा दालमा प्रति किलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी-गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रति किलो दश रुपैयाँ सम्म छुट पाउने पनि बताइन् ।
उनले भनिन्, ‘कम्पनी बाट निर्धारण हुने मूल्य भनेको बजार मूल्य लाई नै पनि ध्यानमा राखेर नै निर्धारण गर्छौ र मूल्य बजार मूल्य भन्दा केही हद सम्म कम नै रहेको हुन्छ । त्यसमा पनि चाडपर्व लक्षित सहुलियत मूल्य पसल भन्दै गर्दा खाद्य वस्तु अनुसार पाँच रुपैयाँ देखि १० रुपैंयाँ सम्म प्रति केजी, प्रति लिटरमा छुटको व्यवस्था गरेको हुनाले बजारको मूल्य भन्दा कम नै छ ।’
यसको साथै, सरकारले नेपाल भित्रै उत्पादन भएका सामान लाई बढी प्राथमिकता दिएको र पसलहरु मा राखिने सबै सामान देश भित्रकै उत्पादन भएको भन्दै हिमाली भेग बाट च्याङ्ग्रा र त्यहाँ को रैथानी बाली ल्याएको साथै तराई भेग बाट खाद्य ल्याएर विक्री गर्ने गरेको सुवेदीको भनाई छ ।
उनले विक्रीका लागि राखिएको सामानको गुणस्तर मापदण्ड भित्र नै रहेको र यसको निरन्तर अनुगमन पनि हुने भएको हुनाले सरकारले विक्री गर्ने सामानको गुणस्तर राम्रो रहेको बताइन् ।यसको साथै गुणस्तरहीन सामान विक्री भएमा त्यस लाई कारबाहीको दायरामा ल्याउने काम पनि गरिने छ ।
उनले भनिन्, ‘हामीले वितरण गर्ने खाद्य वस्तुहरु पूर्ण रुपमा गुणस्तर युक्त नै छन् । जुन खाद्य वस्तु केन्द्रमा विक्री गर्नको लागि खरिद गर्छौ । त्यो निश्चित मापदण्ड भित्र बसेर खरिद गर्छौ । खाद्य वस्तुलाई भण्डारण गर्दा पनि निरन्तर रुपमा गुणस्तर लाई नियन्त्रण गर्नको लागि अनुगमन पनि गर्ने गरेको छ । विक्री गर्ने क्रममा पनि गुणस्तरको हेरेर मात्र गर्ने भएको हुनाले गुणस्तरको कुनै समस्या छैन् ।’
यस वर्षको पसलको लागि सरकारले करिब तीन करोडको बजेट विनियोजन गरेको छ भने त्यसको दायरामा रहेर करिब ५० हजार क्वीन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएको छ ।उनले भनिन्, ‘यस वर्षको सुपथ मूल्य पसल सञ्चालनको लागि सरकार बाट करिब तीन करोडको बजेट विनियोजन भएको छ । त्यही बजेटको परिधि भित्र रहेर करिब ५० हजार क्वीन्टल खाद्य विक्री वितरण गर्ने योजना बनाएका छौ । यही बजेट बाट सम्भव भयो भने बढि सामान पनि वितरण गर्छौ ।’
कम्पनीले अनलाइन अर्डर लिएर होम डेलिभरीको सेवा दिइरहेको छ तर सेवा भने काठमाडौं उपत्यका, सुर्खेत र पोखरामा मात्र छ । पहिलो वर्ष खसी बोका, च्याङ्ग्रा धेरै आएको र ठूलो ठूलो आएको हुनाले विक्री राम्रो तरिकाले हुन सकेको थिएन भने यस पाली कम्पनीले पहिला को संख्या लाई घटाएर एक हजार पाँच सय खसी बोका तथा तीनसय च्याङ्ग्रा काठमाडौँ ल्याएर थापा थलीबाट बिक्री गरिने जनाएको छ ।
सुपथ मूल्य पसल बाट खरिद गर्ने ग्राहक उमेश राईले यस्तो सुपथ मूल्य पसलहरु खोल्नु राम्रो भए पनि यस्तो पसलको पहुँच गाँउ गाँउमा पुग्न नसकेको बताए ।उनका अनुसार मुख्य बजारमा मात्र यसको प्रयोग सबैले गरेको छ तर यस बारे सबै लाई थहा भएको छैन् ।
उनले भने, ‘यस्तो पसलमा बाहिरको भन्दा सामान सस्तो नै पाइन्छ । यसको साथै गुणस्त रयुक्त सामान पनि पाइन्छ । चाडपर्वको बेला यस्तो पसल खोल्नु एक दमै राम्रो हो तर यस्तो पसलको बारेमा अझै सबैले बुझ्न सकेको छैन् । मुख्य बजारमा यसको प्रयोग सबैले गरेको छ र यस बारे सबै लाई थहा पनि छ तर देशको कुना कुना तिर अझै पनि पसल पुग्न सकेको छैन् । खासमा भन्ने हो भने यस्तो पसलको आवश्यकता भनेको न्यून वर्गीयहरुको लागि हो । यस्तो पसल गाँउ गाँउमा पुग्न सक्यो भने सबैको लागि सहज हुन्छ होला ।’
यसको साथै, यस्ता पसलहरु चाडपर्व लक्षित मात्र नभई सधैँको लागि सञ्चालनमा आउन सक्यो भने जनताहरु को लागि सहज हुने पनि उनको भनाई छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यसको साथै, साल्ट ट्रेडिंग कर्पोरेसनले असोज ७ गते बाट सुपथ मूल्य पसल सुरु गरेको छ । कर्पोरेसन ले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यान सहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो । कर्पोरेसनले चिनी प्रति केजी पाँच रुपियाँ, नुन प्रति केजी दुई रुपियाँ, खाने तेल, चामल, चिउरा र पिठोलगायतमा प्रति केजी सात रुपियाँका दरले छुट गरेको छ ।
कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, बालाजु, गौशाला, कपन, कौशल टार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुका बिक्री केन्द्र बाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ । उपत्यका बाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिका बाट आएका माग आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्