१६ कार्तिक,काठमाडौं: नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्य रात देखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रति लिटर एक रुपैयाँ घटाएको हो ।
मूल्य समायोजन सँगै पहिलो वर्गका लागि डिजेल प्रति लिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर एक सय ५० रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायल स्थित डिपो लाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेसन बाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्