१९ कार्तिक,काठमाडौं: प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भए पछि काठमाडौं सहित देशका विभिन्न दुर्गम क्षेत्रका विमान स्थलको उडान प्रभावित बनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन भने अन्य दुर्गम क्षेत्रका विमान स्थलमा पनि भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको छ ।काठमाडौं विमान स्थलमा आन्तरिक तर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स –आइएफआरं उडान मात्र भइ रहेको छ ।
मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुन नसकेकाले उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य संख्यामा पर्यटक अल पत्र परेको विमान स्थल कार्यालयले जनाएको छ ।अन्तर्राष्ट्रिय विमान स्थल बाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइ रहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्