Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विद्युतीय व्यवसायी महासंघले “फिन इलेक्ट्रो टेक २०२४”आयोजना गर्दै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २६, २०८१
In व्यापार
0

२६ कार्तिक,काठमाडौं: नेपाल विद्युती यव्यवसायी महासंघले इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मर द्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४”आयोजना गर्न लागेको छ ।


सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यही २०८१ कार्तिक २९ देखि मंसिर २ गते सम्म काठमाडौंको भृकुटी मण्डप स्थित प्रर्दशनी हलमा आयोजना हुन लागेको जानकारी गराएको हो ।


आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “फिन इलेक्ट्रो टेक २०२४” को आयोजना हुन लागेको पनि महासंघको भनाई छ ।


राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, साथ यस वर्ष “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरू लाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्त्व बारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको छ ।


उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक बातावरणको सम्भावना लाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन-चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने छ ।


ट्रान्सवेल ट्रान्सर्फमर द्वारा प्रायोजित“फिन इलेक्ट्रो टेक २०२४” को हल भित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहीर डोममा २६ वटा स्टलहरु रहेका छन् ।


फिनइलेक्ट्रो टेक २०२४ मा हल भित्र र हलबाहीर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, बायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथाअन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।


प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरू संग प्रत्यक्ष अन्तक्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुक हरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।


प्रत्येक दुई वर्षमा अयोजनाहुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपालप्रा. लि.) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ ।


फिन इलेक्ट्रो टेक २०२४ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादक हरुको संस्था (इपान), नेपाल इंञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जलविद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल इंजिनियसं नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत सरोकार वाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहने छ ।


स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस एघारौं संस्करणमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ ।


प्रदर्शनी लाई सहभागी मुलक एवं सुचना मुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तर्क्रिरया कार्यक्रमहरू सञ्चालन हुने छन्। चार दिन सम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिर बाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ५०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास महासंघले लिएको छ ।

  • 113shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend