कीर्तिपुर काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरी हो । संस्कृति, संग्रहालय, जात्रा, पर्व, गुठी र बाजागाजा सिकाउने ठाउँको रूपमा कीर्तिपुर परिचित छ । गोपाल वंशको पालाका अवशेष प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कीर्तिपुर शहरमा सोही समय देखि नै बस्ती विकास भइसकेको अनुमान गरिएको छ । किराँत, लिच्छवी, मल्लकालीन इतिहास समेत कीर्तिपुरमा भेटिन्छन् ।

आधुनिक नेपाल एकीकरणका सन्दर्भमा गोर्खाका राजा पृथ्वी नारायण शाहले पटक पटक लडाइँ गरी तेस्रो पटक १८२२ सालमा यस शहर माथि विजय प्राप्त गर्न गोर्खाली सेनालाई धेरै धन, जन र समय खर्चिनु परेको इतिहास छ । परम्परा देखि चल्दै आएको गाईजात्रा, गणेश जात्रा, कुमारी जात्रा, बाघ भैरव जात्रा, इन्द्रायणी जात्रा, दसैँ, तिहार यहाँको महत्वपूर्ण पर्व हुन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्