७ असार,काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका करीब साढे २८ हजार विद्युतीय गाडी (ईभी) भित्रिएका छन् ।
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ महिना सम्ममा तीन पांग्रे रिक्सा, चार पांग्रे कार, जीप, बस सहित ३३ अर्ब ११ करोड ३३ लाख ३३ हजार रुपैयाँका २८ हजार ७७४ वटा ईभी गाडी भित्रिएका हुन् ।
गत आ.व.को सोहि अबधिमा ३० अर्ब ३२ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरका २० हजार ९११ ओटा ईभी नेपाल भित्रिएका थिए । नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, क्यानडा, जर्मनी, कोरीया, मलेसिया र अमेरिका लगायत मुलुक बाट ईभी भित्रिने गरेका छन् ।
पछिल्लो समय नेपालमा ईभी प्रयोगकर्ताहरु बढे सँगै ईभी आयात हरेक वर्ष बढ्दै गएको छ । विषेश गरी शहरी क्षेत्र र मुख्य राजमार्गहरुमा चार्जिङ स्टेशनहरु निर्माणको निर्माण बढे पछि ईभी प्रयोगकर्ताहरु लाई सहज भएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्