Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २६, २०८२
In कृषि /पशुपन्छी
0

२६ साउन,जनकपुर। यस वर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो ।

गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । तर, यस वर्ष मधेशमा हाल सम्म ७६.५४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।मन्त्रालयका अनुसार सूदूरपश्चिम प्रदेशमा भने यस वर्षको धान रोपाइँ सकिएको छ । हाल सम्म सूदूरपश्चिममा शत प्रतिशत रोपाइँ सकिएको हो । यस प्रदेशमा १ लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ ।

कर्णाली प्रदेशमा हाल सम्म ९८.४ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४१ हजार हेक्ट जमिनमा धान खेती गरिन्छ । गत वर्षको यस अवधि सम्म भने यस प्रदेशमा हालसम्म करिब ९९ प्रतिशत रोपाइँ सकिएको थियो ।

लुम्बीनी प्रदेशमा हाल सम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

गण्डकी प्रदेशमा हाल सम्म ९२.७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधि सम्म यस प्रदेशमा ९७ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।

बागमती प्रदेशमा हाल सम्म ९३.५६ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ ९९ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

कोशी प्रदेशमा हाल सम्म ९४.४२ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको यस अबधि सम्म यस प्रदेशमा ९८ प्रतिशत धान रोपाइँ सकिएको थियो । यहाँ  कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

मन्त्रालयका अनुसार देशभर १३ लाख ७८ हजार ९६६ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हाल सम्म जम्मा १२ लाख ५४ हजार ८८६ हेक्टर जमिनमा रोपाइँ सकिएको हो । समग्रमा गत वर्षको तुलनामा भने यस वर्ष हाल सम्म ७ प्रतिशत धान रोपाइँ कम भएको छ । गत वर्ष हाल सम्म देशभर ९८ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

  • 29shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

चैत्र ७, २०८२
कृषि /पशुपन्छी

किसानलाई बाँदरको आतंक, समात्नेलाई प्रति बाँदर एक हजार नगद

माघ १७, २०८२
कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

अशोज १६, २०८२
कृषि /पशुपन्छी

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

भदौ १६, २०८२
कृषि /पशुपन्छी

कृषि मन्त्रालय लाई बजेट अपुग, ५० अर्ब मध्ये ५६ प्रतिशत मलमै खर्च

भदौ २८, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend