थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच चीनको थियानजिन शहरमा आज भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद सहित नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा विस्तृत छलफल भएको छ।
वार्तामा व्यापार, पूर्वाधार विकास, सांस्कृतिक सम्बन्ध र आपसी सहयोगका क्षेत्रलाई अझ मजबुत बनाउन दुवै पक्ष सहमत भएका छन्। साथै मित्रवत सम्बन्धलाई अघि बढाउन दुवै मुलुकका संयन्त्र सक्रिय रूपमा काम गर्ने समझदारी भएको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिएका छन्।

भेटवार्तामा प्रधानमन्त्री ओलीले भारत र चीनबीच भएको लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति प्रति स्पष्ट असन्तुष्टि व्यक्त गरेका थिए। उनले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्व तर्फ पर्ने सम्पूर्ण भूभाग नेपालकै भएको भन्दै चीनले यस विषयमा नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरे।



















आफ्नो प्रतिकृया दिनुहोस्